यी लक्षण भए ढुक्क हुनुहोस् तपाइँलाई उनले माया गर्छिन्

shyane.com.np | 9:15 PM | 0 comments

भनिन्छ, महिलालाई चिन्नु असम्भव जस्तै कुरा हो । महिलाका सबै लक्षण तथा प्रतिक्रियाहरु अविश्वसनीय तथा दुर्वोध्य हुन्छन्, जसलाई खुट्याउनै सकिन्न भन्छन् मनोविज्ञहरु । त्यसोभए महिलाको भावनालाई कसरी बुझ्ने त ? कोही युवतीले आफुलाई मन पराइरहेको छ भन्ने कुरा कसरी थाहा पाउने ? मनोविज्ञहरुका अनुसार यस्ता केही लक्षणहरु छन् जसका आधारमा महिला आफुप्रति नतमस्तक भएको कुरा पुरुषले ठम्याउन सक्छन् । ती ११ लक्षण यसप्रकार छन् :

१. तुरुन्त प्रतिक्रिया : कुने युवतीले यदि तपाइँको मोबाइल म्यासेज, इमेल, टि्वट तथा फेसबुक म्यासेजको तत्कालै जवाफ दिन्छिन् । तपाइँको फोन कललाई बेवास्ता गर्दिनन् र फोन उठाउन नपाएमा माफी माग्दै लामो म्यासेज पठाउँछिन् भने बुझ्नुहोस् तपाइँले उनको मन पगालिसक्नुभएको छ ।

२. यदि उनले कोही निकै राम्रो मान्छेसँग तपाइँलाई तुलना गर्छिन् भने वा कुनै असल मान्छेसँग तुलना गर्दै त्यो मान्छे ठ्याक्कै तपाइँजस्तै छ भन्ने गर्छिन् भने ढुक्क हुनुहोस्, तपाइँ उनको मनमा बसिसक्नुभएको छ ।

३.यदि कुनै युवतीले तपाइँलाई मन पराइन् भने त्यो उनका साथीहरुलाई थाहा हुन्छ । त्यसपछि ती युवतीका साथीहरुले पनि तपाइँलाई साथी बनाउन थाल्छन्, भेटेर होस् वा सोसल साइट मार्फत होस् । तर उनले आफ्ना केटी साथीहरुलाई तपाइँसँग पाँच मिनेटभन्दा बढि कुरा गर्न भने दिनेछैनिन् । उनका साथीहरु आफुसँग नजिकिए भने बुझ्नुहोस् की तपाइँलाई उनले मन पराइसकिछिन् ।

४.चाहे तपाइँ कुनै रेष्टुरेन्टमा बसिरहेका होस् वा बाटोमा हिँडिरहेको होस् उनी तपाइँसँग निकै नजिक आउँछिन् र हात वा जिउ समाउन खोज्छिन् ।

५.मध्य दिन होस् वा मध्यरात । खाए पिएको समय जे होस् । यदि तपाइँले फोन गर्नुभयो भने उनले जवाफ दिइहाल्छिन् । उनी भोलि बिहान छिट्टै नउठी नहुने छ तर पनि रातभर तपाइँसँग फोनमा कुरा गर्न तयार हुन्छिन् भने त्यसले संकेत गर्छ की तपाइँलाई उनले माया गर्छिन् ।

६. उनले तपाइँका भूपु प्रेमिकाहरुका बारेमा हरेक कुरा जान्न चाहन्छिन् । जसका कारण उनले तपाइँका मनपसन्द कुराहरु थाहा पाउन सकुन् । तर उनले ती भुपु प्रेमिकाहरुको बद्ख्वाइँ गरिरहन्छिन् । उनीहरुको बारेमा कुरा झिकिरहन्छिन् र भन्छिन्, ‘उनीहरुलाई छाड्नाले तपाइँको जिवन राम्रो भयो ।’

७. तपाइँको जन्मदिन होस्, तपाइँका बुवा आमाको विवाहको एनिभर्सरी वा जागिरमा पदोन्नती तपाइँलाई भन्दा उनलाई बढि चासो तथा खुसी हुन्छ । तपाइँको खुसीमा उनी कति धेरै खुसी हुन्छिन् भन्ने कुरा उनले सधै देखाउन चाहन्छिन् ।

८. तपाइँ तनाव तथा चिन्तामा हुनुहुन्छ । दिनभर नै तपाइँलाई दिक्क लागिरहेको छ भनेपनि तपाइँको मुहारमा खुसी भर्नका लागि उनी जे सुकै गर्न तयार हुन्छिन् । तपाइँ ठीक नभएसम्म उनले आराम लिँदिनन् ।

९.यदि तपाइँले उनीसँग भेट्ने योजना बनाउनुभयो भने उनले तपाइँ भेट्ने भनेको ठाउँमा आउनुहुन्छ की नाइ भन्ने कुराको एकिन गर्न तिन पटक सम्म जाँच गर्छिन् । पाँच मिनेट अगाडि मात्र भेट्ने कुरा थाहा भएमा पनि उनले सबै कुराको टुंगो गरि सकेसम्म राम्रो ड्रेसमा सजिएर आउँछिन । तपाइँलाई खुसी पार्न उनले ड्रेसमा कुनै कम्प्रोमाइज गर्दिनन् ।

१०. यदि तपाइँले अरु कुनै केटीलाई इंगित गर्दै त्यो केटी राम्री छे भन्नुभयो भने उनको अनुहार तत्कालै अमिलो हुन्छ । उनले त्यसपछि तपाइँलाई लेक्चर सुनाउन थाल्छिन् । एक घण्टा नै किन नलागोस् विभिन्न उदाहरण तथा दृष्टान्त दिएर तपाइँले राम्रो भनेको केटी यस अर्थमा खराब छ भन्ने पुष्टि गरेरै छाडि्छन् ।

११. उनले तपाइँले भनेका हरेक कुरालाई ध्यान दिएर सुन्ने मात्र होइन तपाइँले उनीसँग गरेका साना भन्दा साना कुराको वृतान्त पनि याद गर्छिन् । चाहे तपाइँले मदिराको नशामा मद्यरातमा उनीसँग टेलिफोनमा गरेको जन्मदिनको उपहार बारेको कुरा किन नहोस् ।

The post यी लक्षण भए ढुक्क हुनुहोस् तपाइँलाई उनले माया गर्छिन् appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update