गरिबको छठ मनाइदिन सर्लाही पुगे अभिनेता राजेश

shyane.com.np | 10:54 PM | 0 comments

काठमाडौं – भूकम्प पीडित र बाढी पीडितको गाउँमा बेला बेलामा राहत मार्फत मल्हम लगाउँदै आएका अभिनेता राजेश हमालले सर्लाहीका गरिब तथा दलित समुदायलाई समेत सहयोग गरेका छन् ।
राजेशकै निजी हेयर डिजाइनर राम ठाकुर र सर्लाहीका नविन यादवको पहलमा अभिनेता हमालले आफ्नै निजी खर्चमा सो स्थानमा बिभिन्न खाद्य सामाग्री सहयोग गरेका हुन् ।
छठ पर्वको अवसर पारेर सर्लाही पुगेका राजेशले त्यहाँको बिनंग्ग्रा र धनकौल गाउँका करिब १ सय ७० घर धुरीका गरिब तथा दलित समुदायलाई राहात बितरण गरेका हुन् । राजेशले छठ पर्व मनाउने परिवारलाई राहात भन्दै प्रत्येक घरलाई एक बोरा चामल, दाल र तेलका पोका दिए ।

सर्लाहीका गरिब समुदायले पनि छठ पर्व राम्रोसँग मनाउन पाउन् भनेर राहात लिएर आफु सर्लाही पुगेको अभिनेता राजेशले बताए । सो क्रममा अभिनेता राजेशले पिडितहरुको बस्तुस्थिती र आर्थिक अबस्थाको बारेमा समेत जानकारी लिएका थिए ।

The post गरिबको छठ मनाइदिन सर्लाही पुगे अभिनेता राजेश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update