दुख्द खबर : उपप्रधानमन्त्रीको सडक दुर्घटनामा मृत्यु

shyane.com.np | 8:10 AM | 0 comments

बिशकेक, किर्गिजिस्तान, २२ असोज ।(रासस÷सिन्ह्वा) / किर्गिजिस्तानका उपप्रधानमन्त्री टेमिर झुमाकादाइरोभको शनिबार सडक दुर्घटनामा परी निधन भएको छ । झुमाकादाइरोभ चढेको कार र विपरित दिशाबाट आएको ट्रक बिशकेक–कारा–बाल्टा राजमार्ग क्षेत्रको सादोभ्य गाउँमा एक आपसमा ठक्कर खाँदा उहाँको शनिबार बिहान ७ः३० बजे मृत्युभएको किर्गिजिस्तानको राष्ट्रिय समाचार संस्थाले जनाएको छ ।

घटनामा उहाँको उहाँको सहयोगी र कार ड्राइभरसमेतको मृत्यु भएको थियो ।

घटनामा घाइते भएका ट्रक ड्राइभरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

यसै बर्षको अगस्तमा उपप्रधानमन्त्री बन्नुभएका ३८ बर्षीय झुमाकादाइरोभ त्यसपहिले राष्ट्रिय सुरक्षा परिषद्को प्रमुखका रुपमा सेवा गर्नुभएको थियो ।

The post दुख्द खबर : उपप्रधानमन्त्रीको सडक दुर्घटनामा मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update