पैसा कमाउने सपनामा बुद्धी तामाङ ‘हैट’ रत्नपार्कमा पनि सुते — बुद्धी तामाङ हैटका पिडादायि संघर्षका कथा

shyane.com.np | 9:22 PM | 0 comments

नेपाली चलचित्र उद्योगमा अहिले एउटै कलाकारको निकै चर्चा रहेको छ । जसलाई आफ्नो बास्तविक नाम भन्दा पनि ‘हैट’ थेगोले उचाईमा पुर्यायो । उनले ‘लालजोडी’,‘टलकजंग भर्सेस टुल्के‘,‘छक्का पञ्जा’, ‘मेरी बास्सै’ ,‘कबड्डी’,‘कबड्डी—कबड्डी’ लगायतको चलचित्रमा कुसल अभिनय क्षमता देखाइ सकेका छन् । काभ्रेको विकट ठाँउका बुद्धी अहिले कलाकारिता क्षेत्रमा लागेको १२ वर्ष भयो । उनले आजको उचाईमा आइपुग्न धेरै खोल्साखोल्सी , गोरेटोबाटो र विघ्नबाधाहरु छिचोल्नु परेका थिए । उनका व्यक्तिगत संघर्षका कथाहरुले धेरैलाई हौषला दिनेछन् । त्यही बुद्धीको संघर्षको कथालाई हामीले प्रस्तुत गरेका छौ ।

३३ वर्ष भयंकर भयो
सामान्य परिवारमा जन्मेका बुद्धीको काठमाडौ आउनुको एउटै मात्र उदेश्य हो पैसा कमाउनु । आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएको कारण काम भन्दा पनि पैसा कमाउने सोचले उनी काठमाडौ आएका थिए । काभ्रे जिल्ला राजधानिसंग प्रत्यक्ष जोडिएको ठाँउ भएपनि बुद्धीको लागि काठमाडौ नौलो थियो । बाबा आमा किसान भएका कारण परिवारमा पनि बाहिरको कुराको खासै अनुभव थिएन । पैसा कमाउने उदेश्यलाई पोल्टामा बोकेर छोराको जिम्मेवारी काधमा बोक्दै बुद्धी वि.स २०५६ सालमा काठमाडौ छिरे ।
काभ्रेपलाञ्चोक जिल्लामा जन्मेका बुद्धी तामाङ फागुन १९ देखि ३३ वर्षमा लागेका छन् । बाल्यकालको कुरा सम्झने हो भने बुद्धीमा कलाकार बन्ने कुनै पनि छाँटकाट थिएन । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफू भविष्यमा के बन्ने भन्ने कुनै पनि कुराको पक्का थिएन । तर जीवनलाई घिसार्दै अगाडि लैजाने क्रममा बुद्धी कलाकारितामा ठोक्कीन आईपुगे । जिवनमा पैसा मात्रै कमाउने लक्ष्य राखेका बुद्धीमा कसरी के गर्ने भन्ने बुद्धी चै थिएन् । त्यसै कारणले गर्दा उनले कुनै पनि काम बाँकी राखेनन् । उनले कलाकारिता सुरु गरेको झण्डै ६ वर्षसम्म रंगमञ्चमा नाटक खेले पछि नेपाली चलचित्रका पर्दामा देखिन थालेका हुन् । उनको यो यात्रा अहिले सम्म व्यवसायीक रुपमा निकै फलदायि पनि भएको छ ।

म खोज्दीन्छु भन्ने ले घात गरे
बुद्धीलाई एस.एल.सी पास गरेर काठमाडौ आउ काम खोज्दीन्छु भनेर आश्वासन दिनेहरु धेरै थिए । अनि काठमाडौ आउने एउटा आश त्यता पनि थियो । तर काम खोजिदिने व्यक्तिले धोका दिए । सामान्य परिवारको व्यक्ति पैसा नहुदा काठमाडौमा आएर बस्दा कस्तो पिडा हुन्छ त्यो धेरैलाई थाहा होला । काठमाडौको ठाँउ नयाँ नौलो, अनि आफन्तहरु नहुदा सबैलाई जस्तै बुद्धिलाई पनि गाह्रो बनायो । बुद्धिले तत्काल गाँउ फर्केर जानु भन्दा पनि आफू जस्तो पनि काम गर्ने सोच राखे । उनी सम्झदै भन्छन् ः ‘भेटेजतिका कुनै पनि काम बाँकी राखिनँ । जे अगाडि आएका काम छन् सबै काम गर्दै काठमाडौमा टिक्ने बातावारण बनाएँ । ’

ईट्टा बनाए
काठमाडौमा काम गर्दै जाने क्रममा सुरुमा उनले ईट्टा बनाउने काम पाए । भक्तपुरको इट्टा भट्टाबाट सुरु भएको थियो बुद्धीको संघर्षको यात्रा । ईट्टा बनाउने काम ६ महिना अर्थात चिसोको मौसममा मात्रै हुन्छ । ६ महिना इट्टा बनाउने काम सके पछि उनलाई फेरि अर्काे काम गर्ने रहर जाग्यो । व्यापार व्यवसायबाट अलि धेरै पैसा कमाउन सकिन्छ की भन्ने सोच आउन थाल्यो । ठूलो व्यवसाय गर्ने पैसा उनीसंग नभएको कारण सामान्य बदाम व्यवसाय सुरु गरे । बदाम,बरफ,पत्रिका बेच्ने देखि धेरै कामहरु गरे । तर आफैले सोचे की आफ्नो लागि व्यापार फापेको जस्तो लागेन र फेरि अर्को काममा लागे ।

भाँडा माझे व्यापार पछि उनलाई जागिर खाने रहर लाग्यो । उनले एक जना साथीको सहयोगमा जलमको कोहीनूर रेष्टुरेण्डमा भाडाँ माझ्ने काम गर्न लागे । सुरुमा साथिको प्रस्तावले उनी केही हच्किए । तर विचार गरे र मनमनै भने ,‘भाडा माझ्ने काम पनि त जागिरनै हो । त्यस पछि मैले भाडाँ माझ्ने काम गर्न थालेँ । ’ काम गर्दे गर्दा झण्डै ६ महिना समय वितीसके पछि अब के गर्ने यति मात्रै त जिन्दगी होईन होला ? भनेर सोच्ने उनको हरेक काम गरेको केही समय पनि आउने प्रश्न हो । अर्काे नयाँ कामको खोजीमा लागि हाल्थे । काम गर्ने क्रमममा यति मात्र जिवन होईन यो भन्दा बाहिरी संसार हेर्नु पर्छ भन्थे । अनि त्यो काम पनि छाडेर पर्यटकहरुलाई घुमाउने काम गर्न थाले । उनी भन्छन् ः भाडाँ माझ्नु भन्दा त अलि राम्रो काम थियो नी मेरो लागि । भारी नै बोक्नु परे नी कम से कम नयाँ — नयाँ ठाउमा धुम्न त पाइन्थ्यो । ’ यो बेलासम्म बुद्धीले गरेका कामबाट राम्रै पैसा कमाएका थिए । तर पनि अब के गर्ने नयाँ काम आफूले गरिरहेको भन्दा फरक कामको अनुभव लिन पाए हुन्थ्यो भन्ने रहरहरुले उनलाई कहिले छाडेन । यो काम गर्दै गर्दा एउटा साथीले गर्दा नाटक खेल्ने मौका मिल्यो । डबली थिएटरमा जोडिए । बल्ल सुरु भयो बुद्धीको कलाकारिता यात्रा ।

डबलीले जिन्दगीको लक्ष्य निर्धारण गर्यो
उनको जिन्दगीको यो यात्रा सम्म बुद्धीलाई आफूले गरेको कुनै पनि कामले चित्त बुझाउन सकेनन् । जिन्दगीमा बुद्धीले खानु हण्डर,ठक्कर खाईसकेका थिए । कुनै पनि बाँकी थिएन । तर हार भने कहिले खाएनन् । नाटक खेल्ने क्रममा डबली थिटरमा पुगेपछि उनले बल्ल सोच्न थालेकी, ‘अब मैले धेरै ठाँउमा लाग्नु हुन्न आफू यही कलाकारिता क्षेत्रमा निरन्तर लाग्नु पर्छ । कुनै एउटा काम जिन्दगीमा गर्नुपर्छ नै त्यसैले आफूले रंगमञ्चबाट कतै नजाने निधो गरे ।’ अहिले १२ वर्षसम्म उनी यहि क्षेत्रमा छन् । कलाकारिता क्षेत्रले उनलाई सबै कुरा दिलाएको छ । बुद्धी तामाङ नामको अर्थ ‘हैट’संगै अहिले उनी अगाडि बढीरहेका छन् ।

खाना पाईन
नाटकमा लागे पछि बुद्धीको मनमा अन्य कामहरुले भन्दा धेरै आत्मसन्तुष्टी मिल्यो तर उनलाई आर्थिक अभावले भने कहिले छाडेन । पैसा नभएर काठमाडौमा धेरै छाक भोकै बस्नु परेको थियो । खान पाईदैन थियो तर पनि उनी कलाकारिताको यात्रामा ढौडीरहे । बालुवाटार देखि ललितपुर झम्सेखेल अनि बानेश्वार सम्म हिडेर आउने जाने गर्थे । कारण गरिबि थियो । तर पनि जीवनसंग कहिले हार खाएनन् । जीवनमा एउटै कामलाई निरन्तर समय दिएको भए यति सम्म दुख पाईन्न थियो की भन्ने कुराको महसुस बुद्धीले गरेका छन् । एउटै काममा समय र मेहनत दिने हो भने कुनै न कुनै समयमा सफलता मिल्ने कुरा उनी अहिले सम्झन्छन् । पैसा कमाउने सपनामा उनी धेरै तिर बाडिए । उनी भन्छन् , ‘३३ वर्ष सम्मको मैले विताएको समयको समिक्षा गर्ने हो भने मान्छे जोश र जागरका साथ एउटै काममा लाग्नु पर्ने रैछ अनि जिन्दगीको कुनै पनि मोडमा सफलता भन्ने चिज प्राप्त हुने रैछ ।

कुकुरले लखेट्यो सफलताको उचाईमा निरन्तर हिडीरहदा बुद्धीले अहिले पनि आफूले गरेको दुखहरुलाई सम्झन्छन् । दुखहरु मध्ये एउटा कुरा धेरै सम्झने उनको बानी छ । काम गर्ने क्रममा रेष्टुरेण्डमा भाडा माझ्ने काम पाएका थिए । उनको बसाई भक्तपुरमा थियो भने रेष्टुरेण्ट जमलमा । त्यो पनि रातको १० बजेसम्म काम गर्नुपर्ने । अनि अन्तीम समयमा त्यो बेला कामठमाडौमा ट्रलीबस मात्रै चल्ने व्यवस्था थियो । उनी अगाडि थप्छन् ः ‘काम सकेर त्रिपुरेश्वारमा आउदा गाढी पाईन्न थियो । हिडेर कोटेश्वार सम्म आईपुग्थेँ । अनि कोटेश्वारबाट अलि अध्यारो भएको कारण कुद्दै जान्थेँ । अध्यारोमा पछि —पछि कुकुरले लखेट्ने । कुकुर भुक्दै पछाडि आउदा म भने अघि अघि हास्दै दौडन्थेँ ।’ उनी कयौँ पटक हिड्न नसकेर रत्नपार्कमा सुतेका थिए । यो क्रम धेरै दिन सम्म चलेपछि बुद्धीले आफूलाई जागिर लगाएका व्यक्तिसंग मार्फत रेष्टुरेण्डको म्यानेजरलाइ काम नगर्ने भन्न लगाए । यो कुरा रेष्टुरेण्डमा भनेपछि बुद्धीलाई नजिकै कोठा त खोज्दीए तर आफ्नो तबल भन्दा धेरै भाडा । उनको तलब ८ सय थियो भने १२ सय कोठा भाडाँ । उनी भन्छन् ः ‘हरेक अवस्थालाई सकारात्मक रुपमा हेर्नु भयो भने दुखमा पनि खुशी पाईदो रहेछ । ’ उनलाई जीवनमा एउटै मात्र गुनासो छ त्यो हो आफ्नो पढाई प्रति । पहिला आर्थीक अवस्था कमजोर भएको कारण पढाईलाई अगाडि लान सकेनन् भने अहिले पढ्नु भन्दा पनि कलाकारिता क्षेत्रमानै काम गर्ने उनको सोचाई थियो ।

फेरि जान्छन् त्यो ठाँउमा
अहिले पनि उनले पहिला दुख गरेको ठाँउहरुलाई सम्झन्छन् अनि जान्छन् । भकुण्डेबेसीमा चलचित्रको छायाँकन गर्ने जाने क्रममा भातेढिकुर भन्ने ठाँउबाट उनले आफूले पहिला इट्टा बनाएको ठाँउलाई नियाले । अहिले त्यो ठाँउ देख्दा अर्कै किसीमको अनन्दमिल्ने बताए । पहिला आफूले काम गरेको ठाँउ जादा र आफ्नो गाँउ,जादा जिम्मेवारी बोध हुने भएका कारण उनी बेला—बोलमा यो ठाँउहरुमा गईरहन्छन् । त्यो ठाँउहरुले बुद्धीलाई अझ अगाडी बढ्नको लागि उत्साह र जागर थपिदो रैछ । संघर्ष जिवनभर रहिरहन्छ , सफलता पायो भन्दैमा जिनवमा संघर्ष टुङगीदैन । जिवनलाई आन्नदीत तरिकाले बिताउनु पर्छ भन्ने बुद्धीले जिवन संग कहिले पनि गुनासो गरेन्न ।

कुनै समय पैसा नभएर भोकै बसेका बुद्धी अहिले एउटा चलचित्रमा अभिनय गर्दा ४ देखि ५ लाख पैसा लिने गरेका छन् । सुरुवातको समयमा उनलाई केही पैसा ऋण लागेको थियो । चलचित्रबाट कमाएको पैसाले सुरुमात उनले ऋण तिरे । अहिले आर्थिक हिसावमा उनी राम्रो लेवलमा आईसकेका छन् । यदि कुनै व्यक्ति म यो बन्छु भन्ने डिसीजन लिईसक्नु भएको छ भने आफू संग यो छैन त्यो छैन भन्ने बाहानाहरुलाई छोड्दीनुस ।

एउटै कुरामा निरन्तर लाग्नु हुन्छ भने त्यो व्यक्ति पक्कै सफलतामा पुग्ने भएको कारण विभिन्न बाहाना गर्न नहुने उनको भनाई रहेको छ । व्यक्तिमा इच्छा छ भने जुनसुकै काममा पनि सफल हुन सक्ने बुद्धीको अनुभवले बताउछ । एस.एल.सी पास गरेका बुद्धीलाई पढाईको कारण धेरै ठाँउमा समस्या भयो तर उनले आफूसंग भएको भन्दा पनि सम्भव हुने कुरालाई अगाडि बढाउदै लगे । अग्रेजी विषयमा अलि कमजोर भएको कारण त्यहाँ धेरै समस्या झेल्नु पर्यो त्यही झोकमा उनले रातभर र्याकको किताब झिकेर बढ्न थाले क्रमस पढ्दै जाने क्रममा कहिले नाटकको किताब पढ्थ्ये त कहिले कानुनको । यति सम्म पढ्ने बानी बसालेकी खाना डरेको पनि उनलाई थाहा हुन्न थियो । ओल्लो पल्लो कोठाका मान्छेले भात डढ्यो भनेर हल्ला गर्दा मात्रै थाहा हुन्थ्यो ।gufgaf.com

The post पैसा कमाउने सपनामा बुद्धी तामाङ ‘हैट’ रत्नपार्कमा पनि सुते — बुद्धी तामाङ हैटका पिडादायि संघर्षका कथा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update