जीवनकै अन्तिम बन्यो यो सेल्फी, लगत्तै गयो ४ जनाको ज्यान

shyane.com.np | 12:23 PM | 0 comments

खुसीसाथ सेल्फी लिइरहेका यी युवाहरुलाई सेल्फी लिने बेलासम्म थाहा थिएन यो उनीहरुको जीवनकै अन्तिम सेल्फी बन्नेछ । तर, सेल्फी लिएलगत्तै यीमध्ये चार जनाको ज्यान गएको छ । बसको छतमा बसेर सेल्फी लिइरहेका यी यात्रुमध्ये ४ जनाको बस दुर्घटनामा परेर ज्यान गएको हो ।

यो सेल्फी लिएको झण्डै ८ मिनेटपछि दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतको हरियाणाको यमुनानगरमा भइरहेको कपालमोचन मेलाको अन्तिम दिन दर्शन गरेर फर्किएका श्रद्धालुहहरु चढेको ब दुर्घटना भएको हो । बसमा २८ यात्रु थिए । तीमध्ये ११ जना छतमा सवार रहेको बताइएको छ । फर्कंदै गर्दा छतमा रहेका चरणजीत सिंह नामका यात्रुले यो सेल्फी लिएका थिए । दुर्घटनामा २० यात्रु घाइते भएको बताइएको छ । dcnepal

The post जीवनकै अन्तिम बन्यो यो सेल्फी, लगत्तै गयो ४ जनाको ज्यान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update