बाम गठबन्धनबाट ओली भारी मतले बिजयी ..

shyane.com.np | 10:34 AM | 0 comments

रुकुम(पूर्व) को प्रदेश सभा (क) निर्वाचन क्षेत्रमा वामबन्धनका तेजवहादुर ओली विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी कांग्रेसका दुतकुमार पुनलाई ३ हजार ८३ मतान्तरले पराजित गरे ।

गठबन्धनका ओलीले ५ हजार ४ सय २७ मत ल्याउँदा कांग्रेसका पुनले २ हजार १ सय ४४ मत पाए । यसक्षेत्रबाट विजयी ओली माओवादीका पोलिटव्यरो सदस्य तथा पार्टीको जिल्ला इन्चार्ज समेत हुन् । उनी पूर्व जनमुक्ति सेनाका तेस्रो डिभिजन कमाण्डर समेत हुन् ।

उक्त निर्वाचन क्षेत्रमै प्रतिस्पर्धा गरेका नयाँ शक्तिका राखिमान घर्तीले ८ सय ५१ मत प्राप्त गर्दा राष्ट्रिय जनमोर्चाका अनाराम पुनले ५९ मत पाए ।

कुल १३ हजार ९ सय ३ मतदाता संख्या रहेको उक्त निर्वाचन क्षेत्रमा ८ हजार ८ सय ६१ मत खसेको थियो । जसमा ८ हजार ४ सय ८४ मत सदर भयो भने ३ सय ७७ मत सदर भएको थियो ।

The post बाम गठबन्धनबाट ओली भारी मतले बिजयी .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update