खाना पकाउने ग्यास अब चार सय रुपैयाँ सस्तोमा पाइने

shyane.com.np | 11:24 PM | 0 comments

काठमाण्डौं:- खाना पकाउने एलपी ग्यासमा परनिर्भर रहेको नेपालमा प्रतिसिलिण्डर ४ सय सस्तो ग्यास पाईने भएको छ । पहिलोपटक रूपन्देहीका उद्योगीको प्रयासमा वायोग्यासको व्यवसायिक सफल उत्पादनपछि यस्तो सम्भावना बढेको हो । नवलरासीको सुक्रौलीमा रहेको ईन्भिपावर ईनर्जी एण्ड फर्टिलाईजर प्रालीले शुरु गरेको खानापकाउने ग्यास प्रतिसिलिण्डर ९ सयमा बिक्री गर्ने तयारी छ ।

अहिले बजारमा एलपी ग्यासको मुल्य प्रतिसिलिण्डर १३ सय पचास छ । झण्डै २२ करोडको लागतमा फोहोरबाट ग्यास निकाल्ने उद्योगले गएको हप्तादेखी व्यावसायिक उत्पादन शुरू छ । उद्योगले स्थानीय स्तरमा पाईने कच्चापदार्थ गोवर कुखुराको सुली, भान्छाबाट निस्कने फोहरलगायतबाट ग्यास उत्पादन गर्न थालेको छ । जर्मन प्रविधिबाट निर्मित वायोग्यासउद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग गरी अहिले दैनिक ८० सिलिण्डर ग्यास उत्पादन भइरहेको छ ।

उद्योगले हाल व्यावसायिक प्रतिष्ठानका लागि मात्र विक्री शुभारम्भ गरेको भएपनि छिट्टै घरायसी प्रयोजनका लागीसमेत बिक्री थाल्नेछ । पहिलो चरणमा व्यावसायिक विक्री शुभारम्भ गरेको उद्योगले विगत ३ महीनादेखि भैरहवामा रहेको वामा तन्दुर्स र केपीएम चाइल्ड सेण्टरको किचनमा ग्यासको परीक्षण गरेको बताएको छ । प्रतिसिलिण्डर १० किलो ग्यास रहने र उक्त ग्यासको प्रतिकेजी मूल्य ९० रुपैयाँ पर्ने जानकारी दिएको छ । यो उद्योगको क्षमता डेढ सय सिलिण्डर छ ।

एउटा सिलिण्डरमा दश किलो ग्यास रहन्छ । उद्योग सञ्चालकका अनुसार यसको सफलतासँगै अन्य स्थानमा समेत यस्तै उद्योग खोल्ने तयारी छ । चितवनमा अर्को उद्योग खोल्ने तयारी शुरु भईसकेको छ भने अन्य केही स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको छ । अहिले व्यवसायिक क्षेत्रलाई मात्रै ग्यास बिक्री भइरहेको भएपनि अर्को उद्योगको उत्पादन शुरु भएसँगै प्रतिकिलो ९० रुपैयाका दरले अन्य स्थानमा समेत उद्योग खोल्ने तयारी छ ।यसरी फोहोरबाट उत्पादित ग्यास एलपिजी ग्यासको तुलनामा सुरक्षित र सस्तो रहेको डा अभिनव अग्रवाल बताउछन । करिव तीन विघा क्षेत्रफलमा स्थापना उद्योगले १५ विघा जग्गा भाडामा लिएर मकै खेती लगाएको छ । OSnepal

The post खाना पकाउने ग्यास अब चार सय रुपैयाँ सस्तोमा पाइने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update