फिलिपिन्स उडे आर्यन, बिदाई गर्न पुगिन् श्रीमती सपना

shyane.com.np | 9:46 AM | 0 comments

होम प्रोडक्सनको फिल्म ‘कायरा’ छायाँकनको लागि नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । सोमबार राती फिल्म युनिट सहित आर्यन फिलिपिन्स उडेका हुन् । श्रीमान र टिमलाई बिदाई गर्न श्रीमती सपना भण्डारी ईयरपोर्ट गएकी थिइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने लण्डनबाटै त्यसतर्फ जानेछिन् ।

लामो समयको तयारी पछि आर्यन ‘कायरा’ छायाँकनमा निस्किएका हुन् । आर्यनले यसअघि ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ निर्माता सुवास गिरीसँगको साझेदारीमा निर्माण गरेका थिए । लक्ष्मण रिजाल निर्देशक रहेको ‘कायरा’ मा आर्यन र साम्राज्ञी मुख्य जोडीको रुपमा प्रस्तुत हुनेछन् । ‘कायरा’ बाट साम्राज्ञीले पारिश्रमिक मात्रै दश लाख रुपैयाँ लिएकी छन् । एक महिना जसो कायरा टिम फिलिपिन्समा रहनेछन ।

The post फिलिपिन्स उडे आर्यन, बिदाई गर्न पुगिन् श्रीमती सपना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update