सोनक्षीका पिता शत्रुघ्न सिन्हाको घर नगरपालिकाले भत्काइदियो

shyane.com.np | 5:40 PM | 0 comments

मुम्बइ। भारतीय जनता पार्टीका सांसद तथा बलिउड अभिनेता शत्रुघ्न सिन्हाको घर मुम्बइ महानगरपालिकाले भत्काइदिएको छ । सिन्हाको मुम्बइको जुहुस्थित ८ तले घर ‘रामायण’मा सिन्हाले नियम मिचेर बनाएका भागहरु भत्काइएको हो । सिन्हाले यहाँ छत र भुइँतलामा बिना इजाजत शौचालय र पूजाघर बनाएको आरोप छ ।

यसको लागि नगर निगमले उनलाई २ पटक सूचना पठाएको भए पनि कुनै जवाफ नआएपछि सोमबार कहानगरपालिकाले घरको अवैध भाग भत्काएको हो । यहाँ शत्रुघ्न छोरी सोनाक्षीसहित पूरै परिवार बस्छन् । घर भत्काउँदा शत्रुघ्न घरमै थिए । घर भत्काइएको विषयमा सिन्हाले यो कारबाहीको विषयमा कुनै आपत्ति नभएको बताएका छन् ।

The post सोनक्षीका पिता शत्रुघ्न सिन्हाको घर नगरपालिकाले भत्काइदियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update