न घर फर्कन पाए, न त काम गर्न सक्छन्, राेएरै बित्छन् दिनहरु!

shyane.com.np | 10:15 PM | 0 comments

किरण भन्छन् – ‘ठीक भएँ र छुट्टी मिले त आमालाई भेट्ने थिएँ। कम्पनीले छुट्टी दिए दुईतीन महिना घरमा बसेर आराम गर्ने थिएँ।’ यति भन्दै गर्दा आफूलाई सम्हाल्ने प्रयास गरिरहेका थिए। तर, मनको बह पोख्ने माध्यम पाएपछि ती कुरा कहाँ रोक्न सकिन्छ र! पटक–पटक आँखाबाट आँशु निकाल्दै किरणले भने – ‘मेरा सपना सबै अधुरै भए। त्यसपछि उनी धेरैबेर राेइरहे। अाफ्नाे मनकाे बह त्यही अाँशुसँगै पाेखे। उनी राेइरहे।
रुपेश अधिकारी, युएई, २३ पुस – सन् २०११ को मे महिनामा युएई आउँदा झापाकाे धाइजनस्थित सहरेडाँगीका किरण खरेलको मनमा अभावबाट अब मुक्ति पाइएला भन्ने थियो। २० वर्षको उमेरमा एउटा सुन्दर यौवन र अनेक अभिलाषा लिएर युएई आएका खरेलले बुवाआमाको आँखाबाट कहिल्यै आँशु आउन दिन्न भन्ने बाचा मनमनै गरेका थिए। नाताले भिनाजु पर्ने सूर्य निरौलाले उनी कार्यरत लेजर रेस्टुरेन्टमा किरणलाई पनि ल्याएका थिए।

२ महिनासम्म क्लिनरका रुपमा काम गरेका किरणले केही समयपछि वेटरको काम गर्न थाले। पाँच महिना वेटरको काम गरेपछि उनलाई किचनको काम दिइयो। सेफले उनलाई किचनमै राख्ने भनेपछि उनको विषयमा सेफ र म्यानेजरबीच मनमुटाव भयो। यही कारण उनले क्यासिल भिषा हानेर घर फर्किन खोजे।

तर, किचनमा काम गर्दाको सेफ म्यानेजर भएपछि उनले अफिसमा बोलाएर किरणलाई बारमा काम दिने बताए। २ वर्ष बारमा काम गरे उनले। नेपालमा हुँदा मारुती भ्यान चलाएको अनुभव भएकाले किरणले यहाँ पनि गाडी चलाउने सिके।

तर, क्लिनर भिषाका कारण लाइसेन्स निकाल्न नमिलेपछि मोटरसाइक चलाउन सिके। र, सोही कम्पनीमा बाइक राइडरको काम गर्न थाले। ग्राहकले डिमाण्ड गरेका ठाउँमा सामान लैजाने काम थियो उनको। जेनतेन किरणको कमाईले उनको र परिवारको जीवन चलिरहेकै थियो।

तर, हुने हार दैव नटार भनेझैँ मानिसको जीवनमा विपत कसरी आउँछ कसैलाई थाहा हुन्। परिवारको हेरचाह गर्ने किरणको एक्लो ज्यानमाथि विपद् आइलाग्यो। गत नोभेम्बर २४ तारिखको कुरा हो, त्यो दिन उनको छुट्टी थियो। नेत्र नाम गरेका साथी अघिल्लै दिन छुट्टी मनाउन मुसफा भन्ने ठाउँमा गएका थिए। भोलिपल्टै नेत्रको ड्युटी थियो। नेत्रले फोन गरेर मसँग पैसा छैन मलाई लिन आउनु भने।

त्यसपछि उनी छुट्टीको दिन मोटरसाइकलमा नेत्रलाई लिन मुसफा हानिए। उनलाई लिएर किरण क्याम्प फर्किंदै थिए। मुसफा आइकार्डको राउण्ड रोबर्टमा उनले चलाएको मोटसाइकल बालुवामा चिप्लियो। दुर्घटनामा परे दुवै जना। अचेत भए। त्यसपछि अस्पतालको शैय्यामा आफूलाई पाउँदा किरण पहिलेको अवस्थामा थिएनन्। उनको दुवै हातखुट्टा र टाउकोमा गहिरो चोट लाग्यो।

शरीरको ८ ठाउँमा अपरेसन भयो। नेत्रको पनि टाउको र हातखुट्टामा चोट लाग्यो। उनी अहिले सामान्य अवस्थामा फर्किएपछि काम गरिरहेका छन्। त्यही दुर्घटना पश्चात उनको मलद्वार रहेन। प्राकृतिक रुपमा दिशा गर्न नसक्ने भए उनी। अपरेसन गरेर उनको मलद्वार कम्बरको देब्रे भागमा राखिएको छ।

दाहिने हातको कुहिनामा दुईवटा स्टिल राखिएको छ। टाउकोमा रगत जमेपछि अपरेसन गरेर टाँका लगाइएको छ। दाहिने हातका दुई औँलामा पनि स्टिल लगाइएको छ। दुर्घटनापछि अचेत रहेका किरणलाई के–के भयो, साथीहरुले मोवाइलमा रेकर्ड गरेर राखिदिएका रहेछन्। एक महिनाभन्दा धेरै समय ओछ्यानमा थलिएका उनी अहिले सामान्य हिँडडुल गर्न सक्छन्।

अपरेसनपछि कम्बरको भागमा राखिएको मलद्वार थैलीमा दिशा जम्मा हुने गर्छ। त्यो समय–समयमा सफा गरिरहनु पर्छ। शुरुमा त दिसापिसाब गर्न साथीकै सहारा चाहिन्थ्यो। तर, आजभोलि दाहिने हात सामान्य चल्न थालेपछि सहज भएको छ।

दाहिने हातको सहायताले आफैँले सफा गर्ने गरेका छन् उनले। कहिलेकाही गाह्राे भएमा साथीलाई जानकारी गराउँछन्, काममा रहेका बेलापनि साथी आएर सफा गरिदिन्छन्। एक महिनासम्म साथीहरुले दिशासम्म धोइदिएको सम्झिदै गर्दा किरणको आखाँभरि मित्रभावको आँशु देखिन्थ्यो। आँखाभरि आँशु पार्दै उनले भने – ‘एउटा आमाले बच्चालाई स्याहार गरेजस्तै गरी मलाई सहयोग गरेका छन् साथीहरुले। उनीहरु थिएनन् भने बाच्ने पनि थिइन, यस्तो अवस्थमा बाँच्न निकै कठिन हुने थियो।

एक वर्षअघि छुट्टी घर जाँदा विवाह गर्ने मन थियो। तर, हजुरआमाको निधन भएकाले विवाह गर्न मिलेन’, किरण भन्छन् – ‘आमाबुवालाई हेरविचार गर्ने सारथी हुनेथियो, तर के गर्नु यस्तै दिन अाइपर्याे।’

बहिनीकाे विवाह गराए, तर अाफ्नाे गर्न पाएनन्
सामान्य परिवारमा हुर्किएका किरण चुडामणि र मेनुका खरेलका तीन सन्तानमध्येका एक छोरा हुन्। उनका दुई बहिनी छन्। तर, उनीहरु दुवै जनाको विवाह भइसक्यो। उनका बुवा धाइजनमै रहेको ऋतिका डेरीमा दुध बेच्ने काम गथ्ये। ८ वर्ष युएईमा रहँदा एकपटक मात्रै उनी बिदामा घर गए।

‘एक वर्षअघि छुट्टी घर जाँदा विवाह गर्ने मन थियो। तर, हजुरआमाको निधन भएकाले विवाह गर्न मिलेन’, किरण भन्छन् – ‘आमाबुवालाई हेरविचार गर्ने सारथी हुनेथियो, तर के गर्नु यस्तै दिन अाइपर्याे।’

दुईतले पक्की घर यहीको कमार्इबाट बनाएका छन्। दुवै जना बहिनीको विवाह पनि गरिदिए। एक बहिनीले आफैँले मन पराएको मान्छेसँग विवाह गरिन्। किरणले दाजुको कर्तव्य पूरा गरे।

अहिले एक बहिनी धुलाबारीमा र अर्की झापा चोकमा छिन्। पहिलेका सबै ऋण विदेशको कमार्इले तिरे किरणले। उनी दुर्घटनामा परेपछि बीमा गर्दाको किस्ता रकम तिर्न आमाले खोजेकाे पचास हजार रुपैयाँ चाहिँ ऋण छ। ‘अहिले घरमा बुबाआमा मात्र हुनुहुन्छ, भाडामा भेटेको बेला बुबाले सिटी सफारी चलाउने गर्नु भएकाे छ’ – किरणले शुभदिनसँग भने।

घरको अवस्था कमजोर रहकाले एक्लो छोरो भएपनि सानैदेखि जिम्मेवारी बहन गर्न सिके उनले। स्वास्थ्य तथा जनसंख्या विषयमा कम अंक ल्याएपछि उनले एसएलसी पास गर्न सकेनन्। मौका परीक्षामा दिने अवसर मिल्यो अनि पास भए। त्यहाँदेखि त झन पढ्न मनै लागेन। अनि विदेश छिरेका थिए।

छुट्टी मिले त आमालाई भेट्ने थिएँ

अहिले किरण कम्पनीकै क्याम्पमा बसिरहेका छन्। चार जना नेपाली, पाकिस्तानी र बंगलादेशी गरी ८ जना एउटा काेठामा बस्छन्। उनको रेखदेख नेपाली साथीले गर्छन्। धेरै समय उभिएर बस्न नभएपछि दिनभर ओछ्यानमा ढल्किएर रहन्छन्। कम्पनीले बस्ने कोठा दिएपनि खाने र समय–समयमा स्वास्थ्य चेकजाँच आफ्नै पैसाले गर्नुपर्छ।

दुर्घटनामा परेको दुई महिना अघिदेखिको तलब उनले पाएका थिएनन्। एकदिन नोभेम्बर २४ तारिखसम्म काम गर्दाको पैसा माग्न उनी कम्पनीमा गए। तर, कम्पनी म्यानेजरले उनलाई ठिक भएपछि काम लगाएर भएपनि क्षति भएको मोटरसाइकल र उनको उपचारमा लागेको सबै रकम असुल्ने बताए। किरण भन्छन् – ‘मनकारी साथीहरु भएकाले अरु हेरविचार र खान बस्नमा समस्या छैन, तर यहाँबाट चाँडै निस्किन मन छ, पासपोर्ट आफ्नो हातमा नभएकाले पनि केही गर्न सकिएकाे छैन

कम्पनीसँग भएको कागपत्र दिएदेखि साथीभाइको सहयोगमा केही गर्ने अठोट उनकाे मन छ। घरमा बुवाआमासँग सम्पर्क गर्न उनी इन्टरनेटको प्रयोग गर्छन्। किरणले भने – ‘अस्पताल जाने त पैसा हुँदैन, फोनमा पैसा हालेर त कसले कल गर्ने र! अनि इनटरनेको सहयताले सम्पर्क गर्छु, म बसेकै कोठामा राम्रो इन्टरनेट चल्दैन बाहिर गएर कुरा गर्छु।’ आमाले साह्रै चिन्ता लिने गरेको सुनाउँदा किरण अाँखा अाँशु टम्म भरिए।

किरण भन्छन् – ‘ठीक भएँ र छुट्टी मिले त आमालाई भेट्ने थिएँ। कम्पनीले छुट्टी दिए दुईतीन महिना घरमा बसेर आराम गर्ने थिएँ।’ यति भन्दै गर्दा आफूलाई सम्हाल्ने प्रयास गरिरहेका थिए। तर, मनको बह पोख्ने माध्यम पाएपछि ती कुरा कहाँ रोक्न सकिन्छ र! पटक–पटक आँखाबाट आँशु निकाल्दै किरणले भने – ‘मेरा सपना सबै अधुरै भए। त्यसपछि उनी धेरैबेर राेइरहे। अाफ्नाे मनकाे बह त्यही अाँशुसँगै पाेखे। उनी राेइरहे।

अब के सपना पूरा होला र भन्ने उनलार्इ लागेकाे छ। अझै पेटको अपरेशन गर्नुपर्छ। आमाबुवालाई सुखी राख्ने सपना बोकेर आएको थिए उनी। बिहानबेलुका खानबस्न समस्या थियो, यही आएर परिवारकाे अार्थिक अवस्था सामान्य भयाे। यतिका वर्ष कमाएको पुजी सबै सकियो।

कम्पनीले घरबाट पैसा मगाएर भएपनि उनको उपचारमा लागेको खर्च र क्षति भएको मोटरसाइकलको रकम तिर्न दबाब दिने गरेको छ। उनी भन्छन् – ‘सात वर्ष यही कम्पनीमा दुःख गरेको छु, अब घरबाट मगाएर पैसा तिर्नसकिँदैन।’ सामान्य हिँडडुल गर्न सक्ने अवस्थामा फर्किंदै गरेका किरणले कोठामा रहेका साथी बाहेक कसैसँग सहयोग मागेका छैनन्।

बीमा कम्पनीमा अहिले कुनै दाबी नगरेकाले उपचार खर्च व्यहोर्छ नै भन्ने निश्चित छैन। दूताबास र सामाजिक संघसंस्थाले केही सहयोग गरिदिए सहज हुने उनको अपेक्षा छ। तर, उनीहरु समक्ष पुग्ने अवस्था छैन। आमाबुवाले घरमै आउन र यही बसेर सकेको कमाएर खुवाउँला भनेर बोलाउने गर्छन्। तर, किरण यो ठाँउबाट उम्किन सकिरहेका छैनन्। उनी भन्छन् – ‘उहाँहरुकै खुशीका लागि आएको अब पनि कति रुवाउनु आमाबुवालाई। Source : suvadin

The post न घर फर्कन पाए, न त काम गर्न सक्छन्, राेएरै बित्छन् दिनहरु! appeared first on Taja nepali news.

http://ift.tt/2CDW7ZD

Category:


/>

www.shyane.com.np:
नेपालमा बसेर केहि गर्ने हाम्रो चाहना र तपाईं हरुको होउसलाले हामी लाई अगाडी बद्न सहयोग गर्नेछ । धन्यवाद !!

0 comments

Thanks.

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update