थुप्रै कम्पनीहरु अफिसमा फेसबुकको प्रयोग चाँहदैनन् त्यसकारण धेरैजसो कम्पनीले आफ्ना कर्मचारीहरुलाई फेसबुक प्रयोग गर्नबाट बञ्चित गरिरहेका छन् । त्यहिँ फेसबुकमाथि बन्देज लगाइएका कारण रुष्ट भएका कर्मचारीहरुको काम गर्ने शैलीमा असर पुग्ने गर्दछ । यस्ता सबै समस्याहरुलाई नजर अन्दाज गर्दै फेसबुकले एउटा यस्तो सोशल नेटवर्किङ साइटमा काम गरिरहेको छ जसलाई अफिसमा प्रयोग गर्न सकियोस् । फाइनान्सियल टाइम्सलाई मान्ने हो भने फेसबुकले आफ्नो नयाँ भर्सन बनाउने कसरत गरिरहेको छ जसलाई विशेषगरि अफिसमा प्रयोग गर्नका लागि बनाइनेछ ।

अहिलेसम्म फेसबुकको यो नयाँ साइटको नाम निश्चित भइसकेको छैन तर यसलाई ‘फेसबुक एट वर्क’ नाम दिइएको छ । आफ्नो त्रैमासिक मुनाफा ४९०० करोड रुपैयाँ भएको घोषणा गर्दै यसमा हरेक महिना १.३५ अर्ब एक्टिभ युजर्स आउने फेसबुकले जानकारी दिएको छ ।

यस्तो अवस्थामा फेसबुक एउटा यस्तो फिचरमा काम गरिरहेको छ जसको मद्दतले ‘बाई’ बटनमा क्लिक गर्ने बित्तिकै अनलाइन सपिङ गर्न सकियोस् । अहिले फेसबुकले ‘से थ्याङ्क्स’ नामक एउटा यस्तो फिचर लञ्च गरेको छ जसमा कुनै पनि प्रयोगकर्ताले एउटा नयाँ तरिकाका साथ साथीलाई धन्यवाद भन्न सक्छन् ।

0 comments :

Post a Comment

 
Top