मोबाइल फोन निर्माता चिनियाँ कम्पनी जियोनीले अहिलेसम्मको सबैभन्दा शक्तिशाली ब्याट्री दाबी गर्दै नयाँ स्मार्टफोन ‘म्याराथन एम थ्री’ भारतीय बजारमा ल्याएको छ ।
जिओनीले १२ हजार ९ सय ९९ भारु मूल्य पर्ने म्याराथन एम थ्री भारतीय बजारमा लञ्च गरेको हो ।
पछिल्लो समयमा विश्वका विभिन्न कम्पनीहरुले धेरैभन्दा धेरै फिचर्स तथा शक्तिशाली प्रोसेसर जस्ता अत्याधुनिक सेवा सहितका स्मार्टफोन बजारमा ल्याउँदा उपभोक्तालाई चलाउन त मज्जै भएको छ, तर छिटो-छिटो ब्याट्री चार्ज गरिरहनुपर्ने झण्झट भने थपिएको छ ।
सामान्य फिचर्सका मोबाइल प्रयोगमा रहँदा त्यस्ता मोबाइल फोनलाई हप्तामा एक दुई पटक मात्र रिचार्ज गरे पुग्थ्यो । तर, अहिलेका स्मार्टफोनलाई दिनमै एक-दुईपटक चार्ज गर्नुपर्छ ।
यही अप्ठेरोलाई सजिलो बनाउन फोन निर्माता कम्पनीहरुले पछिल्लो समयमा धेरै समयसम्म टिक्ने ब्याट्री भएका नयाँ स्मार्टफोन सार्वजनिक गर्ने होडबाजीमा जुटिरहेका छन् ।
फिलिप्सले जिनियम, लेनोभोले वाइब जेड टू प्रो तथा एप्पलले आइफोन सिक्स प्लसमा बढि शक्तिशाली ब्याट्री प्रयोग गरे । यो दौडमा अगाडि बढ्दै जिओनीले आफ्नो नयाँ स्मार्टफोन म्याराथन जी थ्री मा पूरै ५ हजार मिलीएम्पियर आवरको ब्याट्री प्रयोग गरेको छ ।

0 comments :

Post a Comment

 
Top