स्मार्टफोन चलाइरहने लत बसेको छ ? स्मार्टफोनप्रतिको आशक्तिले हैरान भएकाहरुका लागि खुसीको कुरा छ । सिंगापुरका युवा वैज्ञानिकहरुले यस्तो मोबाइल एप बनाउँदैछन् जो स्मार्टफोनको लत छुटाउनका लागि सहयोगी हुनेछ ।
बीबीसीका अनुसार सिँगापुरका ३ जना विद्यार्थीले यस्तो मोबाइल एप्लिकेसन विकशित गर्नका लागि एक प्रतियोगितामार्फत अ२४ हजार डलर राशीको आर्थिक सहायता प्राप्त गरेका छन् ।
एपल ट्री नामक एप्लिकेसनले मानिसहरुलाई आफ्नो स्मार्टफोनको स्क्रिनमा गाडिइरहने भन्दा आफ्ना साथीभाई तथा परिवारसँग बढि समय बिताउन प्रेरित गर्नेछ ।
यो एपले दुइ वा त्यसभन्दा बढि स्मार्टफोनलाई नजिकै राखेपछि फोनलाई स्थीर बनाइदिन्छ ।
फोन नछोइकन राखेमा विस्तारै स्मार्टफोनको स्क्रिनमा स्याउको रुख बन्दछ । जब लामो समयसम्म पनि फोन छोइँदैन तब त्यो स्याउको रुखमा डिजिटल स्याउ फल्दछ । त्यो डिजिटल स्याउ लामो समयसम्म फोन प्रयोग नगरेबापत प्रोत्साहनका रुपमा स्मार्टफोन प्रयोगकर्तालाई उपलब्ध भएको हो । जति धेरैबेर सम्म फोन चलाइँदैन उति धेरै संख्यामा डिजिटल स्याउ स्क्रिनमा फल्दछन् ।
यसरी स्मार्टफोन चलाइरख्ने मानिसलाई स्क्रिनमा स्याउ फलाउने इच्छा जागृत गरी स्मार्टफोनमा झुण्डिने बानी छुटाउने योजना एप डेभलपरको छ । जमघटमा समेत मोबाइलमै झुण्डिने र आपसमा कुराकानी नगर्ने धेरै मानिसको बानीलाई पनि यो एपबाट छुटाउन सकिने दाबी गरिएको छ ।
अर्को वर्षको मार्च सम्ममा यो एप बनाइसक्ने योजना विद्यार्थीहरुको छ । सिँगापुरको पचासौँ स्थापना दिवसका अवसरमा उक्त एप लन्च गरिने बीबीसीले जनाएको छ ।

0 comments :

Post a Comment

 
Top