नोकिया एकपटक फेरी आफ्नो फिर्तीको तयारीमा लागेको देखिएको छ । माइक्रोसफ्टमा विलय भएको सात महिना पछि नोकियाले आफ्नो पहिलो एनवान एन्ड्रोइड ट्याब्लेट लञ्च गरेको छ । नोकियोले योभन्दा पहिले आफ्नो ट्विटर अकाउन्टमा ब्ल्याक बक्सको फोटो ट्विट गरेको थियो जसलाई थुप्रै जानकारहरुले नोकियाको ट्याबलेट भएको अनुमान गरेका थिए । तर सबैलाई अचम्मित गर्दै नोकियाले एन्ड्रोइड प्लेटफर्मसँगै आफ्नो एनवानलाई अघि सारेको छ । पहिलो नजरमा तपाईं नोकियाको एनवान देखेर धोका खानुहुन्छ किनभने यसको डिजाइन हुबहु एप्पलको आइप्याडसँग मिल्दछ । नोकियाको यो पहिलो ट्याब्लेटलाई आइप्याड निर्माण गर्ने कम्पनी फक्सकनले बनाइरहेको छ । नोकिया एनवानको लञ्त सबैभन्दा पहिले चीनको बजारमा गरिनेछ । यसको मूल्य चीनमा २४९ डलर हुने बताइएको छ । यसमा ७.९ इन्चको स्क्रिन रहेको छ भने ललीपप लेटेस्ट ओएस र नोकिया जेड लंचरको फिचर दिइएको छ । नोकिया एनवानलाई आइप्याड मिनिसँग टक्कर लिनका लागि उतारिएको हो भन्ने अनुमान गरिएको छ । यसको लुक्स पनि आइप्याड मिनिसँग निकै मिल्दो जुल्दो छ । 

0 comments :

Post a Comment

 
Top