दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को १८औँ सम्मेलनको भौतिक तथा प्रशासनिक तयारी गर्न विभिन्न मन्त्रालयलाई उपलब्ध गराएको खर्चको भुक्तानी दिइसकेको छ ।
Saarcअर्थ मन्त्रालयका अनुसार खर्चको प्रकृति तथा जिम्मेवारीका आधारमा विभिन्न मन्त्रालयको मागअनुसार अधिकांश रकमको भुक्तानी भइसकेको र प्रचलित कानुनअनुसार खर्च गर्ने अख्तियारीसहित निकासा भइसकेको हो ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई सबैभन्दा बढी ७८ करोड ३५ लाख रुपैयाँ निकासा दिइसकेको अर्थमन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले जानकारी दिनुभयो ।
सम्मेलनमा प्रयोग हुने सडक तथा पूर्वाधारको मर्मत र सम्भारको जिम्मेवारी पाएको सो मन्त्रालयलाई उक्त रकम निकासा दिइएको हो ।
उनका अनुसार सार्क सदस्य राष्ट्रबाट नेपाल आउने विशिष्ट पाहुनाको सुरक्षाको जिम्मेवारी पाएको गृह मन्त्रालयलाई ३८ करोड ५० लाख रुपैयाँ, सजावट तथा मर्मत गर्नका लागि सहरी विकास मन्त्रालयलाई २५ करोड ४१ लाख रुपैयाँ र सार्क सम्मेलनको संयोजन गर्न परराष्ट्र मन्त्रालयलाई २० करोड १० लाख रुपैयाँ निकासा दिइएको छ ।
त्यसैगरी सुरक्षा व्यवस्थामा सहयोग पुर्‍याउन रक्षा मन्त्रालयलाई अर्थमन्त्रालयले १२ करोड ६३ लाख रुपैयाँ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पूर्वाधार विकास तथा सजावटका लागि आठ करोड ४६ लाख रुपैयाँ, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयलाई तीन करोड दुई लाख रुपैयाँ र सूचना तथा सञ्चार मन्त्रालयलाई एक करोड ९७ लाख रुपैयाँ निकासा गरिएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयले सार्क शिखर सम्मेलनमा हुने मुख्य गतिविधिका सम्पूर्ण सूचना प्रवाह गर्नेछ भने अन्य मन्त्रालयले सम्मेलनका दौरान आ-आˆनो जिम्मेवारी पूरा गर्नेछ । पूर्वाधार विकास तथा सजावटमा काठमाडौँ महानगरपालिकाले पनि आˆनो आन्तरिक स्रोतबाट खर्च गरेको छ ।
महानगरपालिकाले सरसफाइ तथा सजावटलाई विशेष प्राथमिकता दिएको छ । निश्चित रकम त्यसैगरी अन्य मन्त्रालय तथा सरकारी निकायलाई १२ करोड रुपैयाँ भन्दा बढी रकम निकासा भएको जनाइएको छ ।
सरकारले दुई अर्बभन्दा बढी रकम सार्क सम्मेलनकै लागि भनेर निकासा दिइसकेको छ । सरकारले सार्क सम्मेलनका लागि निकासा गराएको रकम सार्क सम्मेलन पूर्व नै खर्च गरिसक्नुपर्नेछ ।
सरकारले सार्क सम्मेलनको तयारीका लागि भनेर आर्थिक वर्ष २०७१/०७२ को वाषिर्क बजेटमा एक अर्व ५० करोड रुपैयाँ रकम छुटयाएको भए पनि आवश्यकताअनुसार अपुग हुने रकम अर्थमन्त्रालयले अन्य स्रोतबाट जुटाएको हो ।
अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले सम्मेलनका लागि आर्थिक कारणले कुनै पनि समस्या आउन नदिने अर्थमन्त्रालयको प्रतिबद्धताअनुसार जिम्मेवारीको आधारमा रकम निकासा गराइएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाले आर्थिक अभावका कारण सार्क सम्मेलनको कुनै पनि गतिविधिमा बाधा नआउने स्पष्ट पारे ।
यही मंसिर १० र ११ गते काठमाडौँमा हुने सार्क सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । सदस्य राष्ट्रका राष्ट्रप्रमुखसहित विशिष्ट पाहुनाको आतिथ्यका लागि सबै तयारी पूरा भएको जनाइएको छ ।

0 comments :

Post a Comment

 
Top