श्रीलंकाको दाम्बुलामा हुने भनिएको टी–२० क्रिकेट सिरिज बर्षाको कारण स्थगित भएपछि नेपाली टोली शनिबार वान डे खेल्न कोलम्बो जाँदै छ ।
कोलम्बोमा नेपालले आइतबार घरेलुटोलीसँग वान डे र सोमबार हङकङसँग टी ट्वान्टी क्रिकेट खेल खेल्ने छ ।
टीम म्यानेजरको समेत सहभागितामा बसेको अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको बैठकले दाम्बुलाका खेल स्थगित गरी कोलम्बोमा वान डे र टी ट्वान्टी सिरिज खेलाउने निर्णय गरेको हो ।
लगातारको पानीका कारण दाम्बुलामा खेल हुन नसकेपछि नयाँ तालिका सार्बजनिक गरिएको एसीसीले जनाएको छ ।

0 comments :

Post a Comment

 
Top