resturent

सायद यो विश्वको एकमात्र रेष्टुरेन्ट होला जसले दुब्ली महिला तथा मोटा पुरुषलाई सित्तैमा खुवाउँछ । दक्षिण पश्चिमी चीनको च्वंगक्विङमा यस्तो अनौठो रेष्टुरेन्ट छ । जहाँ साढे ३४ किलो भन्दा कम उमेरका वयस्क महिलाले सित्तैमा रोजीरोजी खान पाउँछन् । ना हु नामको उक्त रेष्टुरेन्टमा महिलाले मात्र होइन, पुरुषले पनि सित्तैमा खान पाउँछन् । तर त्यस रेष्टुरेन्टमा सित्तैमा खान पाउने पुरुष भने विरलै हुनेछन्, किनकी केवल १ सय ४० किलो भन्दा माथिको तौल भएका पुरुषहरुलाई मात्र निशुल्क भोजन गराउने नियम तोकेको छ रेष्टुरेन्टले । तर चिन्ता लिनु पर्दैन त्यो भन्दा कम तौल भएकाहरुले भने वजनको आधारमा खानामा छुट पाउँछन्, अर्थात् जति धेरै वजन भयो उति धेरै छुट ।
आफ्नो प्रवर्धनात्मक अफर सार्वजनिक गर्दै रेष्टृुरेन्टले भनेको छ, ‘ना हु रेष्टुरेन्टले दुब्ला र मोटा दुबै प्रकारका मानिसको स्याहार गर्छ । तपाइँका मोटा वा दुब्ला साथीहरुलाई ल्याउनुहोस्, सित्तैमा खानुहोस् ।’
रेष्टुरेन्टमा गएपछि खाना खानुअघि कर्मचारीहरुले ग्राहकको तौल लिनेछन् र उनीहरुले सित्तैमा खान पाउने नपाउने वा पुरुष ग्राहकले कति छुट पाउने भन्ने कुराको हिसाबकिताब गर्नेछन् ।
रेष्टुरेन्टले चिनिया सोसल मिडिया वेइबोको आफ्नो पेजमा यो अफर सम्बन्धि सूचना राखेकेा छ । यो अफप्रति सोसल मिडियामा धेरै खाले प्रतिक्रिया आएका छन् । तर साढे ३४ किलो भन्दा कमकी महिला र १ सय ४० किलोभन्दा बढिका पुरुष निकै कम हुने भएकाले रेष्टुरेन्टले केवल चर्चा पाउन मात्र यस्तो कुरा गरेको टिप्पणी कतिपयले गरसेका छन् । तर केही महिला तथा पुरुष ग्राहकले आफ्नो तौलका कारण सित्तैमा खाने अफरको फाइदा उठाइसकेको तस्वीर सहितको समाचार चिनिया अन्तराष्ट्रिय रेडियो सिआरआइले छापेको छ ।
रेष्टुरेन्टको यस्तो अफरको फाइदा लुट्न मोटाउने र दुब्लाउने इच्छा कतिपयमा जागेको होला । तर अब मोटाइ वा दुब्लाइमा परिवर्तन ल्याउन पर्याप्त समय छैन । किनभने रेष्टुरेन्टको यो अफर यो डिसेम्बर महिलाभरको लागि मात्र भएकेा बनाइएको छ ।

0 comments :

Post a Comment

 
Top