नेपाल अाउँदैछ संसारकै पातलो स्मार्टफोन


संसारकै सबैभन्दा पातलो स्मार्टफोन निर्माता भनेर चिनिने चिनिया कम्पनी जियोनीले अर्को पातलो स्मार्टफोन बजारमा ल्याएको छ । ‘इलाइफ एस ५.१’ नामक यो स्मार्टफोन नेपाली बजारमा डिसेम्बर पहिलो साता सार्वजनिक गर्ने लक्ष्य राखिएको छ ।
jiyoni-s-5.1नेपाली बजारमा जियोनी मोबाइल टेलिकट प्रालिले आयात तथा बिक्री वितरण गर्ने अख्तियारी पाएको छ । अहिले बजारमा भएका विभिन्न मोबाइलमध्ये यो सबैभन्दा राम्रो सुपर मोडेल रहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार यो स्मार्टफोन उपभोक्तालाई अधिकतम सेवा दिने र सबै विशेषताहरुले भरिपूर्ण छ ।
यसमा रहेको ४.८ इन्चको एमोलेड डिस्प्लेमार्फत उपभोक्ताहरुले अत्यधिक चम्किलो रंगहरुको अनुभव गर्न सक्नेछन् । त्यस्तै, १.८ एमएम साँघुरो बेजलले उपभोक्ताहरुलाई ठूलो डिस्प्लेमा हेर्ने अवसर प्रदान गर्नेछ ।
८ मेगापिक्सेल रेयर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरामा भएका रमाइला मोडहरु चलाएर उपभोक्ताहरुले छुट्टै खालको अनुभव बटुल्न सक्ने कम्पनीले जनाएको छ ।
उपभोक्ताहरुले यसबाट आफूले फोटो खिचिसकेपछि मेकअप, फोकस र लाइट टेष्ट गरेर आफ्नो फोटोहरुलाई थप सुन्दरता दिन सक्छन् ।
इलाइफ एस ५.१ ले आफ्नो उपभोक्ताहरुलाई अपडेटेट र स्टाइलमा रहनमात्र होइन सबैभन्दा राम्रो अनुभव बटुल्नको लागि पनि सहयोग गर्ने बताइएको छ ।
फेक कल, ओटिजी मोड, डिटिएस मोड, फि्लप अलार्म आदि स-साना कुराहरु यसमा जडान गरिएको छ । साथै, यसमा वेट हृयाण्ड मोड पनि उपलब्ध छ ।
यसमा ओक्टा कोर १.७ गिगाहर्ज प्रोसेसर, १ जिबी र्‍याम र १६ जि.बी. इन्ट्रनल स्टोरेज, गोरिल्ला थर्ड जेन ग्लासजस्ता विशेषताहरु रहेका छन् ।

0 comments :

Post a Comment

 
Top