monkey
आखिर मान्छेको पुर्खा न पर्यो । बाँदरमा पनि मानिसमा जस्तै केही प्राथमिक उपचार सम्बन्धि विवेक र अक्कल हुँदो रहेछ भन्ने पुष्टि गरेको छ, एउटा बाँदरले ।
करेन्ट लागेर मर्नु र बाँच्नुको अवस्थामा पुगेको आफ्नो साथीलाई एउटा बाँदरले प्राथमिक उपचार गरी होसमा ल्याएर बँचाएको छ । त्यो पनि २० मिनेटको समय लगाएर ।
घटना भारतको कानपुरस्थित रेलस्टेशनको हो । रेल स्टेशन नजिकैको हाइटेन्सन लाइनमा चढेको बेला करेन्ट लागेपछि एउटा बाँदर तल रेलवे ट्रयाकमा खस्यो र अचेत बन्यो ।
अचेत त्यो बाँदरलाई गुडिरहेको रेलले किचेर मार्ने जोखिम थियो । तर एउटा नायक साथी बाँदर घटनास्थलमा आइपुग्यो । चिच्याएर आफ्ना अरु साथीहरुलाई पनि बोलायो । त्यो घाइते बाँदरलाई हल्लायो उसलाई होसमा ल्याउन टाउकोमा टोक्यो पनि ।
करेन्ट लागेर बेहोस बनेको साथीलाई होसमा ल्याउने यो प्राथमिक उपचार झण्डै २० मिनेटसम्म चल्यो । तर यसो गर्दा पनि त्यो बाँदरको होस नखुलेपछि त्यो डाक्टर बाँदरले अर्को अचम्मको उपाय रच्यो । अचेत साथीलाई बोकेर नजिकैको पानीको दहमा लगेर चोपल्यो ।
धन्य, यो जुक्तिले काम गर्यो । घाइते बाँदरले विस्तारै आँखा खोल्यो । त्यसपछि खुसी बनेको डाक्टर बाँदर र उसका साथीहरुले रेल गुड्नु अगावै घाइते बाँदरलाई रेलको लिकबाट बाहिर सुरक्षित स्थानमा ल्याए । घाइते बाँदरलाई होसमा ल्याएर मात्र पुगेन । डाक्टर बाँदरले उक्त घाइतेलाई सुम्सुमाउने तथा घाउचोटको दुखाइ कम गर्न जिउ कन्याइदिने जस्ता काम गरेको पनि देखियो ।
प्लेटर्फममा रेल कुरिरहेका मानिसहरुले बाँदरको यो उद्धार कार्यलाई उत्सुकता पूर्वक हेरिरहे र आफ्नो क्यामरामा कैद समेत गरे ।

0 comments :

Post a Comment

 
Top