चोरहरुले धनीको ध्यान मोडेर पैसा चोर्नका लागि हातमा जे छ त्यसैको प्रयोग गर्छन् । जर्मनीमा एक जना महिलाले भने आफ्नै दूधको धाराले कर्मचारीको मुख धोइदिएर एक फार्मेसीबाट रकम चोरी गरेकी छिन् ।
ब्रेस्ट पम्प किन्न भन्दै फार्मेसीमा पुगेकी ती महिलाले २० युरो पर्ने पम्प किनिन् । उनले कर्मचारीलाई २ सय युरोको नोट दिइन् । जब क्याशियरले उनलाई १ सय ८० युरो फिर्ता गरे, उनले आफ्नो ब्लाउज खोलिन् र आफ्नो दाहिने स्तन बाहिर निकालिन् ।
त्यसपछि उनले आफ्नो स्तन निचोरेर दूधको तीखो धारा छुटाइन् र सो धाराले क्याशियरको मुखमा हानिन् । क्याशियरको मुख ती महिलाको दूधले रुझ्यो । दूधले नुहाएर इन्तु र चिन्तु भएका ती कर्मचारीलाई त्यहीँ छाडेर उनले अर्को कर्मचारीमाथि आँखा लगाइन् र त्यसै गर्न थालिन् ।
ती महिलाले दूधले रुझाउँदै हिँडको देखेर अरु कर्मचारी पनि डराएर लुक्न थाले । ती महिलाले त्यसको फाइदा उठाउँदै १ सय युरो चोरिन् । रकम चोरेपछि उनलाई अरु के चाहियो र । त्यो ब्रेस्ट पम्प त्यहीँ छाडिन् र कुलेलम ठोकिन् ।
तत्काल ती महिलाले रकम चोरेको पत्तो कसैलाई भएन । तर बेलुकी हिसाब किताब गर्ने बेलामा पो बल्ल कर्मचारीहरुले पत्तो पाए ।
समाचार अनुसार आफ्नै दूधको धारा प्रयोग गरी रकम चोरी गर्ने ती महिला फरार छिन् । उनको हुलिया समेत कर्मचारीहरुले खासै सम्झन सकेका छैनन् । मात्र उनको जिउ निकै खाइलाग्दो रहेको, लामो तथा कालो कपाल हुनुका साथै अरुले नबुझ्ने भाषा बोल्ने गरेको बताएका छन् ।
घटना जर्मनीको डर्मस्टाड सहरमा भएको हो । प्रहरीले ती महिलाको खोजी भैरहेको बताएको छ । आफ्नो दूधको धाराले कर्मचारीलाई आक्रमण गरी पैसा लुट्ने यो घटना अहिलेसम्मकै पहिलो र असाधारण रहेको प्रहरीले जनाएको छ l

0 comments :

Post a Comment

 
Top