नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले बुधबार ३९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस बिभिन्न कार्यक्रम गरी मनाउँदै। नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का परिवारका सदस्यसहित आज भारत भ्रमणमा जाँदै , पारिवारिक भ्रमण भनिएपनि  उनले राजनीतिक भेटवार्तासमेत गर्ने । अवैध रूपमा भन्सार छली भारत भित्रयाउन लागेको अवस्थामा पशुपतिनगर ४ बाट छ थान तामाका मूर्ति सहित एक भारतीय नागरिक पक्राऊ ।संविधान निर्माणमा केही आधारभूत सिद्धान्तहरु रहेको र त्यसलाई उल्लंघन गरिए द्वन्द्व निम्तिने प्रचण्डको भनाई , सहमति भए पनि प्रक्रियामै गएर संविधान बनाउनुपर्ने स्पष्टोक्ती। प्रजातन्त्रका महासेनानी जननायक विश्वेश्वरप्रसाद कोइरालाले देखाएको बाटोमा हिँड्न सम्पूर्ण राजनीतिक दल एवम् नेपाली जनतासँग प्रधानमन्त्री सुशील कोइरालाको आग्रह  । आकर्षक मुलुकमा नयाँ श्रम गन्तव्य खोज्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत उपसमिति बनाई नेपाली कामदारलाई युरोपलगायत विकसित मुलुकमा रोजगारीमा पठाउन सरकारले प्रक्रिया थाल्यो । नियमावली संशोधन गरेर भए पनि माघ ८ मा नयाँ संविधान जारी गर्ने नेपाली कांग्रेसको  निष्कर्ष । कूल जनसंख्याको १५.१० प्रतिशत अर्थात ४० लाख नेपालीहरुले एटीएम कार्ड चलाउने राष्ट्र बैंकको पछिल्लो तथ्यांक। सन् २०१५ को सुरुवातमा ६ वटा बिदेशी बिमान कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट नियमित उडान थाल्ने । एक सय ६२ यात्रु सहित आइतबार बिहान बेपत्ता भएको एयर एसिया इन्डोनेसियाको जहाजका १० टुक्रा र  जाभा समुन्द्रमा भेटियो ।

0 comments :

Post a Comment

 
Top