बिश्वलाई चकित पार्नेगरी आर्थिक प्रगति गरिरहेको छिमेकी मुलुक चीनले १४ सय किलोमिटर लामो कृतिम नदी बनाएर बिश्वलाई थप आश्चर्यमा पारेका छ ।
चीनकै दोस्रो ठूलो एलो रिभरलाई डाइभर्ट गरी राजधानी बेइजिङ लगायत स्थानमा खानेपानी र सिचाईंका लागि पानी आपूर्ति गर्न थालिएको छ ।
११ बर्षअघि निर्माण सुरु गरिएको यो मानव निर्मित नदीमा शुक्रबारदेखि पानीको बहाव छाडिएको छ । यलो नदीमा बग्ने कुल पानीको ६ भागको एक भाग मानव निर्मित नदीतर्फ फर्काइएको छ । १५ दिनभित्र पानी बेइजिङ पुगिसक्ने बताइएको छ ।
south-north-water-transfer2नदी जोडने ‘साउथ-नर्थ वाटर डिभिजन प्रोजेक्ट’का लागि चीन सरकारले ८१ अर्ब अमेरिकी डलर छुट्टाएको छ । यस अन्र्तगत तीनवटा मानवनिर्मित नदी बनाइने छ । पूर्वी खण्डमा अघिल्लो बर्ष नै पानी बग्न सुरु भइसकेको छ भने मध्य खण्डमा शुक्रबारदेखि सुरु भएको छ ।
यलो नदीलाई बेइजिङ जोड्ने मध्य परियोजनाका लागि मात्र ३३ अर्ब अमेरिकी डलर खर्च गरिएको छ । परियोजनाका कारण विस्थापित भएका ३ लाख ३० हजार मानिसलाई अन्यत्र सारिएको छ । मानव निर्मित नदीले चीनका ३० करोड जनतासमक्ष खानेपानी पुर्‍याउने छ ।
south-north-water-transfer3मानव निर्मित नदी चीनका ठूला पाँच चमत्कारिक इन्जिनियरिङ परियोजनामध्ये पर्दछ ।

0 comments :

Post a Comment

 
Top