horse

समलिंगी विवाहमाथि लाग्दै आएको प्रतिबन्ध उल्टाउने अदालती निर्णयको विरोध गर्दै एक जना पादरीले अदालत अगाडि नै घोडासँग बिहे गरेका छन् ।

अमेरिकाको मिसिसिपी राज्यको संघीय अदालत भवन बाहिर ती पादरीले बेहुली पहिरनमा सजाइएको घेाडा ल्याएर बिहे गरे । समलिंगी विवाहमा प्रतिबन्ध लाग्दै आएको परम्परागत कानूनलाई खारेज गर्ने न्यायाधीशको आदेशको विरोधमा उनले सेतो घोडालाई बेहुलीजस्तै सिँगारेर ज्याक्सन हाइटस्थित अदालत बाहिर ल्याए ।
बेर्था च्यापेल मिसनरी बाप्टिस्ट चर्चको पादरी एडवार्ड जेम्सले बेहुली पहिरनमा सिंगारिएको घोडासँग विवाह गरेको घोषणा गरिरहँदा उक्त घोडाले भने मज्जाले घाँस खाइरहेको थियो । घोडासँग बिहे गर्ने कार्यक्रमका दौरान एडवार्डले अदालतको आदेशको विरोध गर्दै प्रश्न गरे, ‘के तपाइँले यो घोडालाई आफ्नो अप्राकृतिक जिवनसाथी बनाइराख्न सक्नुहुन्छ ?
अदालतको आदेशपछि पनि माथिल्लो अदालतमा परेको पुनरावेदनका कारण मिसिपिपीमा समलिंगी विवाहको बाटो अझै खुलेको भने छैन ।
अमेरिकाका ३५ राज्यमा समलिंगी विवाहले कानूनी मान्यता पाइसकेको छ । अमेरिकाको सर्वोच्च अदालतले अघिल्लो वर्षको जुन महिनामा समलिंगी विवाहित जोडीले राज्यप्रदत्त सेवा सुविधा पाउने फैसला गरेसँगै अमेरिकामा वैधानिक समलिंगी विवाहको चलन बढ्नुका साथै राज्यका कानून समेत खुकुलो पारिँदै लगिएको छ ।
मिसिसिपीमा समलिंगी विवाहले कानूनी मान्यता नपाइसकेको भएपनि झण्डै ३४ सय ८४ समलिंगी जोडी भएको अनुमान गरिएको छ । ती मध्ये एक चौथाइले त बच्चा पनि जन्माइसकेका छन् ।
घोडासँग बिहे गर्ने पादरी एडवार्डले आफ्नो घोडा जोइ निरर्थक भएपनि आफुले यस्तो तमासा देखाउनुको अर्थ रहेको बताएका छन् । समलिंगी विवाहलाई मान्यता दिनु भनेको आफुले घोडासँग बिहे गरेजस्तै हास्यास्पद रहेको तर्क उनकेा छ ।

0 comments :

Post a Comment

 
Top