समयसँगै अपराधका नयाँ नयाँ शैली विकशित भैरहेका छन् । कसैको हत्या गर्न हत्याराहरुलेे विभिन्न खाले उपायहरु अपनाउने गर्छन् ।
तर एक जना ब्राजिलियन महिलाले आफ्ना लोग्नेको हत्या गर्न अपनाएको उपाय भने दुनियामा अहिलेसम्मकै नयाँ उपाय होला । ती महिलाले लोग्नेको हत्या गर्नका लागि आफ्नै गुप्तांगमा प्रसस्त विष हालेकी छिन् ।
श्रीमतीले आफ्नो गुप्तांगमा विष हालेर कसरी लोग्नेको हत्या गर्न सक्छिन् ? लोग्नेको हत्या गर्न न उसलाई पो विष खुवाउनुपर्छ । तर कुरो अर्कै छ र गहिरो पनि छ ।
कुनै खानेकुरामा मिलाएर विष खुवाउँदा शंका उत्पन्न हुने कुरामा सचेत रहेकी ती महिलाले लोग्नेलाई शंकै नहुने गरी आफ्नो गुप्तांगमा विष हालिन् । त्यसपछि उनले सेक्सका बेला लोग्नेलाई मुखमैथुन अर्थात् ओरल सेक्स गर्न लगाइन् । लोग्नेले ओरल सेक्स गर्दा गुप्तांगमा हालेको विष खाने र उसको ज्यान जाने विश्वास ती महिलाको रहेछ ।
घटना ब्राजिलको साओ होजे क्षेत्रको हो । नाम नखुलाइएका एक जना ४३ वर्षीय पुरुषलाई उनकी श्रीमतीले योनीमा विष घोलेर हत्या गर्न खोजेको पुष्टि भएको छ ।
श्रीमतीको गुप्तांगको विषबाट झण्डै ज्यान गुमाउन पुगेका ती पुरुषका अनुसार सम्भोगका बेला उनकी श्रीमतीको गुप्तांगबाट अन्य बेलाको भन्दा फरक तथा निकै अनौठो गन्ध आएछ ।
श्रीमतीले मुख मैथुनका लागि कर गरिरहेकी थिइन् । तर उनलाई त्यस्तो गन्ध किन आयो भनेर डर लागेपछि तत्कालै श्रीमतीलाई लिएर अस्पताल गएछन् । अस्पतालमा परीक्षणका क्रममा श्रीमतीको योनीमा विष रहेको पुष्टि भयो ।
पछि केरकारका क्रममा ती श्रीमतीले श्रीमानको हत्या गर्नका लागि आफुले आफ्नो गुप्तांगमा विष हालेको स्विकार गरेकी छिन् । समाचार अनुसार हानिकारक रसायन सहितको विषले उल्टै ती महिलाको गुप्तांगमा ठूलो असर पुगेको छ र उनलाई अस्पतालमा भर्ना गर्नुपरेको छ ।

0 comments :

Post a Comment

 
Top