WhatsApp-and-Facebook
वर्ष सन् २०१४ प्रमुख टेक्नोलोजी कम्पनीहरुका लागि व्यस्त वर्षको रुपमा रह्यो । उपभोक्ता केन्दि्रत टेक खेलाडिहरु एप्पल र गुगलदेखि लिएर उद्यममा केन्दि्रत ब्राण्डहरु जस्तै एस ए पी र ओर्याकल समेत यो वर्ष व्यस्त रहे ।
यीसँगै धेरै कम्पनीहरु वास्तवमा यो वर्ष ‘शपिङ’ मा अरबौँ डलर खर्च गरे । उनीहरुको त्यो शपिङ भनेको अन्य कम्पनीहरु खरीद गरी आफ्नोमा गाभ्ने थियो जसका माध्यमबाट आफ्नो प्रडक्टलाई चम्काउने तथा विस्तार गर्ने प्रयास उनीहरुले गरे । प्रविधि उद्योगमा सन् २०१४ मा भएका सबैभन्दा ठूला १० कम्पनी खरीदका घटना यस्ता रहेः
१. फेसबुकले ह्वाट्सएप खरीद गर्नु- गत फेब्रुअरीमा मोबाइल मेसेजिङ एप वाट्सएपलाई १९ अर्ब डलरमा खरीद गर्न सहमति जनाउँदै फेसबुकले प्रविधि उद्योगको खरीददारीमा इतिहास रच्यो । फेसबुकको ह्वाट्स एप खरीद प्रविधिजगतको दोश्रो ठूलो एक्विजिसन हो । अक्टोबरमा खरीद सहमतिले अन्तिम रुप पाउने बेलासम्ममा फेसबुकको शेयर मूल्य बढेसँगै खरीद मूल्य २२ अर्ब डलर पुगिसकेको थियो ।
SAP-purchases-Concur-Tech
२. एसएपीद्वारा कनकुर खरीद- जर्मन बहुराष्ट्रिय सफ्टवेयर कम्पनी एस ए पीले आफ्नो क्लाउड कम्प्युटिङलाई थप मजबुत बनाउनका लागि ८ अर्ब ३० करोडमा अमेरिकी सफ्टवेयर कम्पनी कनकुर खरीद गरेको समाचार पनि यो वर्षको दोश्रो ठूलो एक्विजिसनको घटना बनेको छ ।
Level-3-Communications-buys-TW-Telecom
३. लेभल थ्री द्वारा टी डब्लु खरीद- अमेरिकी इन्टरनेट ट्राफिक राउटर लेभल थ्री कम्युनिकेसनले इन्टरनेट सर्भिस प्रदायक टी डब्लु कम्युनिकेसन ७.३ अर्ब अमेरिकी डलरमा खरीद गर्ने सम्झौता गर्यो । लेभल थ्री ले टेलिकमको कुल मूल्य ५ अर्ब ६४ करोड डलर र उसको ऋण १ अर्ब ६० करोड समेत आफैले बेहोरेर टेलिकम कम्पनी खरीद गर्न सहमत भएको हो ।
Oracle-acquires-Micros-Systems
४. ओर्याकलद्वारा माइक्रोस सिस्टम खरीद- अमेरिकी बहुराष्ट्रिय कम्प्युटर प्रविधि निगम ओर्याकलले प्रतिस्पर्धी माइक्रोस सिस्टम्सलाई आफुमा गाभेको घटना पनि यो वर्षको सर्वाधिक चर्चित घटना बन्यो । आफ्नो डाटा प्रणालीलाई विस्तार गर्ने प्रयोजनका लागि ओर्याकलले माइक्रोसलाई ५ अर्ब ३० करोडमा किन्न सहमत भएको हेा ।
Tibco-Software
५. पार्टनर्सद्वारा टिब्को सफ्टवेयर खरीद- सफ्टवेयर तथा प्रविधि व्यवसायमा केन्द्रित अमेरिकाको निजि इक्विजी र्फम भिस्टा इक्विटी पार्टनर्सले सफ्टवेयर कम्पनी टिब्को सफ्टवेयर खरीद गरेको विषय पनि प्रविधि जगतमा चर्चित रह्यो । ४ अर्ब ३० करोडमा भिस्टालाई बेचिनका लागि टिब्को राजी भयो ।
Riverbed-Technologies
६. इलियटद्वारा रिभरबेड खरीद- अमेरिकाको व्यवस्थापन कम्पनी इलिओट म्यानेजमेन्ट कर्पोरेसनले ३ अर्ब ६० करोडमा रिभरबेड टेक्नोलोजी खरीद गरेको छ ।
Zebra-Tech-Purchases-Motorola-Solutions
७. जेब्राद्वारा मोटोरोला खरीद- चर्चित अमेरिकी कम्पनी मोटोरोला सोलुसन्सको स्क्यानर व्यवसायलाई जेब्रा टेक्नोलोजी कम्पनीले खरीद गर्ने विषय पनि यो वर्षको निकै चर्चित विषय बन्यो । आफ्नो स्क्यानर व्यवसाय साढे ३ अर्ब डलरमा जेब्रालाई बिक्रि गर्न गएको अपि्रलमा मोटोरोला सहमत भएको थियो ।
Google-Buys-Nest-Labs
८. गुगलद्वारा नेस्टल्याब खरीद- इन्टरनेट जाएन्ट गुगलले फेब्रुअरीमा स्मार्ट थर्मोस्टाट निर्माता नेस्ट ल्याब खरीद गर्यो । स्मार्ट प्रविधिमा आफ्नो प्रभुत्व बढाउने प्रयत्नमा रहेको गुगलले ३ अर्ब २० करोडमा नेष्टल्याब खरीद गर्यो । आइपडका निर्माता टोनी फ्याडेलले स्थापना गरेको नेस्टल्याब गुगलले खरीद गरेको समाचारले एप्पलका फ्यानहरु समेत झसँग भए ।
Apple-Acquires-Beats-Electronics
९. एप्पलद्वारा बिट्स इलेक्ट्रोनिक्स खरीद- हेडफोन निर्माण गर्ने तथा म्युजिक एप्लिकेसन सिर्जना गर्ने कम्पनी बिट्स इलेक्ट्रोनिक्सलाई गएको अगष्टमा ३ अर्ब डलरमा खरीद गर्दै एप्पलमा आफुमा विलिन गराएको छ । यो एप्पलको सबैभन्दा ठूलो खरीददारी हो । एप्पलले अब बिट्सको म्युजिक सिस्टमलाई आफ्नो आइट्युन्स रेडियो सर्भिसमा आबद्ध गराउने अपेक्षा गरिएको छ ।
Lenovo-Buys-Motorola
१०. लेनोभोद्वारा मोटोरोला मोबिलिटी खरीद- एन्ड्रोइड स्मार्टफोन तथा ब्लुटुथ एसेसरिज निर्माता मोटोरोला मोबिलिटीलाई २ अर्ब ९१ करोडमा गुगलसँगबाट लेनोभोले खरीद गर्यो । दुइ वर्षअघि १५ अर्ब ५० करोडमा मोटोरोला मोबिलिटीलाई खरीद गरेको गुगलले मोटोरोलाको मोबाइल विजनेस लेनोभोलाई बेचेको हो ।
- See more at: http://www.onlinekhabar.com/2014/12/221559/#sthash.O5kUtXxX.dpuf

0 comments :

Post a Comment

 
Top