फलाम  धितो राखेर सुनबराबरको लाखौं रुपैयाँ कर्जा लिई बैंक ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । नक्कली सुन धितो राखेर जनता बैंक ठगी गर्ने सिन्धुपाल्चोकका मोहन सुनुवार पक्राउ परेका हुन् । सुनवारले सुनको लेप लगाइएको करिब एक किलो फलाम धितो राखेर २८ लाख ५९ हजार रुपैयाँ कर्जा लिएका हुन् । पछि बैंकले शंका लागि छानबिन गर्दा उनले सुनको भनेर राखेका गहना फलामको रहेको पाइएको थियो । बैैंकले नियन्त्रणमा लिई तीन साताअघि उनलाई प्रहरीमा बुझाएको थियो । मिलेमतोका आशंकामा बैंकका कर्मचरी सगनु ताम्राकारलाई पनि प्रहरीले पक्राउ गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

0 comments :

Post a Comment

 
Top