निर्धारित मितिमै नयाँ संविधान जारी गर्न राजनीतिक दलहरुबीच सहमति नजुटे पनि प्रक्रियामार्फत अघि बढ्ने संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको संकेत ।
माघ ८ मा संविधान आउने सम्भावना लगभग सकिएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डद्वारा आन्दोलनमा होमिन पार्टी नेता र कार्यकर्तालाई निर्देशन ।
 सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्न न्याय परिषदले अपनाएको प्रक्रियामा आपत्ति जनाउदै त्यसमा सहभागी नहुने नेपाल बार एसोसिएसनको  घोषणा ।

सार्वजनिक पद धारण गरेर सम्पत्ति विवरण नबुझाउने एक मन्त्री र ५६ सभासदको नाम राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक ग¥यो, विवरण नबुझाउनेमा सुजता कोइराला, मन्त्री नारायण खड्का र भीम आचार्य सम्म ।
एमाओवादीसहितका विपक्षीहरु संविधानसभाको प्रक्रिया छाडेर आन्दोलनमा उत्रने भएपछि कांग्रेस एमाले सभासदहरु माघ ८ भित्रै नयाँ संविधान ल्याउन दबाबमूलक अभियानमा जुटे ।
संविधान निर्माणमा पछिल्लो पटक भएका छलफलका बिषयलाई सार्वजनिक नगर्ने प्रमुख चार राजनीतिक दलको  सहमति ।
शिक्षामन्त्री चित्रलेखा यादवलाई एमबिबिएस प्रवेश परीक्षाको प्रश्नपत्र किनबेच काण्ड छानबिन गर्न संविधानसभा व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको निर्देशन ।
यौन र्दुब्यबयवहारको आरोपमा निर्घात कुटिएका खोटाङ दिक्तेल नगरपालिका–७ का ५६ वर्षीय खड्गबहादुर राईको दुई दिनपछि मृत्यु ।
जावलाखेलस्थित सदर चिडियाखाना साँघुरो भई समस्या भएपछि   अन्यत्र सार्ने वन मन्त्रालयको तयारी । 

0 comments :

Post a Comment

 
Top