अधिकांस मानिसको बायाँ हातको तुलनामा दायाँ हात बढि सक्रिय हुन्छ । तर विश्वमा हरेक ८ जनामा एक जना मानिस यस्ता हुन्छन् जसको दायाँ हातको तुलनामा बायाँ हात बढि चल्छ । बायाँ हात बढि सक्रिय हुनुको आफ्नो जैविक कारण हुन्छ । तर यसको जैविक मात्र नभएर आर्थिक रुपमा समेत महत्व रहेको एक अध्ययनले देखाएको छ ।
अमेरिका र बेलायतमा गरिएको अध्ययनले दायाँ हाते मानिसको तुलनामा बायाँ हाते मानिस आर्थिक रुपमा कम सफल हुने र कम पैसा कमाउने गरको देखाएको छ ।
४७ हजार मानिसमा गरिएको अध्ययन अनुसार बायाँहाते मानिसहरुले कार्यस्थलमा उल्लेखनीय रुपमा बेफाइदाहरु भुक्तान गर्नुपर्छ र दायाँ हातेले भन्दा १२ प्रतिशत कम कमाइ गर्छन् ।
बायाँ हाते मानिसहरु भाग्यमानी हुने आम धारणा विपरित यो अध्ययनले आर्थिक मामिलामा दायाँ हातेहरु नै सफल तथा भाग्यमानी हुने ठहर गरेको छ ।
शोधकर्ता मध्येका एक हार्वड विश्वविद्यालयका प्राध्यापक तथा अर्थशास्त्री जोसुवा गुडम्यानका अनुसार बायाँ हातले लेख्ने मानिसहरु विभिन्न खाले बेफाइदामा बाँचिरहेका हुन्छन् ।
इकोनोमिक पर्सपेक्टिभ जर्नलमा छापिएको शोधमा उनले दायाँ हातेको तुलनामा बायाँ हाते मानिसहरुले आर्थिक तथा तथ्यांकीय रुपमा उल्लेखनीय मानव पुँजी अभावको उदाहरण प्रस्तुत गरेका हुन्छन् ।
उनका अनुसार बायाँ हाते मानिसहरुको सिक्न सक्ने वंशाणुगत गुण कम हुने तथा मानिसक र व्यवहारगत असक्षमताको दर बढि हुने गर्छ ।
साथै बायाँ हाते मानिसहरुको श्रम बजारको आय पनि दायाँ हातेहरुको तुलनामा सधै कम हुन्छ । कमाइमा अन्तर हुनुको कारण बायाँ हाते मानिसको सिक्नसक्ने क्षमता कम हुनाले हो ।
शोधकर्ताहरुका अनुसार बायाँ हाते विद्यार्थीहरु परीक्षामा असफल हुने तथा अन्तिम स्थानतिर पर्ने सम्भावना दायाँ हातेहरुको भन्दा ३ प्रतिशत बढि हुन्छ ।
शव्दकोशमा ध्यान दिने हो भने बायाँ अर्थात् लेफ्ट भन्ने शव्द lyft बाट अपभ्रंश भएर बनेको हो । जसको अर्थत कमजोर तथा बेकामे भन्ने हुन्छ । बायाँलाई फ्रेन्च भाषमा gauche भनिन्छ । यसको अर्थ भद्दा तथा अप्ठेरो भन्ने हुन्छ ।
देब्रे हात बढि चल्ने मानिसहरु कमजोर, बेकामे तथा असफल हुन्छन् भन्ने यो अध्ययनको निष्कर्ष सबैमा लागु नहुन सक्छ । किनकी अमेरिकी राष्ट्रपति बाराक ओबामा तथा बेलायती प्रधानमन्त्री डेभिड क्यामरन बायाँ हाते नै हुन् तर दुनियाकै सफल व्यक्तित्वको रुपमा दरिएका छन् ।

0 comments :

Post a Comment

 
Top