krishmas record 1
इशाइ धर्मावलम्बीहरुको महान पर्व क्रिसमसको अवसरमा एउटा नयाँ अनौठो विश्वरेकर्ड कायम भएको छ । झण्डै ३ हजार मानिसहरु मिलेर ‘विश्वकै ठूलो मानव क्रिसमस रुख’ बनाएर किर्तिमान कायम गरिएको हो ।
यो किर्तिमान होण्डुरसको नाममा दर्ज भएको छ । राजधानी टेगुसिगाल्पामा गएको डिसेम्बर १ मा २ हजार ९ सय ४५ जना मानिसले एक टाउँमा जम्मा भएर क्रिसमस ट्री निर्माण गरे ।
मानव क्रिसमस ट्री निर्माण गर्नका लागि ताराको रुपमा पहेँलो शर्ट लगाएका मानिसहरु, सिंगारका रुपमा रातो शर्ट लगाएका मानिसहरु तथा रुखका हाँगाको रुपमा हरियो शर्ट लगाएका मानिसहरु उभिएका थिए ।
गिनिज बुकका प्रतिनिधि कार्लोस मार्टिनेज उक्त किर्तिमानी समारोहमा उपस्थित थिए । राष्ट्रपति जुआन ओर्लान्डोले हँसिलो मुद्रामा आफ्नो निवास बाहिर गिनिज बुकका प्रतिनिधिबाट विश्व किर्तिमानको प्रमाणपत्र थापे ।
स्मरण रहोस् सबैभन्दा ठूलो मानव क्रिसमस ट्री को किर्तिमान यसअघि थाइल्याण्डको नाममा थियो । सन् २०१३ मा ८ सय ५२ जना थाइ बालबालिका मिलेर बनाएको मानव क्रिसमस ट्री विश्वको सबैभन्दा ठूलो मानव क्रिसमस ट्री को रुपमा थियो ।
पछिल्लो किर्तिमानले गरिबीबाट प्रताडित मध्य अमेरिकी देश होण्डुरसका जनतालाई केही भएप्नि खुसी मिलेको बिजनेस इनसाइडरले लेखेको ेछ । स्मरण रहोस् होण्डुसर विश्वमा सबैभन्दा बढि आमहत्या हुने देश हो ।
krishmas record 2

0 comments :

Post a Comment

 
Top