तीन महिनाअघि भारतीय बजारमा सार्वजनिक भएको एन्ड्रोइड अब नेपालसहित बंगलादेश र श्रीलंकामा पनि बिक्रि बितरण सुरु गरिने छ ।
गुगलको एसिया प्रशान्त ब्लगका अनुसार अबका केही हप्तामै नेपाल, बंगलादेश र श्रीलंकामा एन्ड्रोइड वानको बिक्रि सुरु हुनेछ ।
गुगलका अनुसार बंगलालिंक जस्ता विभिन्न फोन निर्माता तथा संजाल पार्टनरहरुले एन्ड्रोइड फोनको बिक्रि सुरु गर्नेछन् ।
अहिले गुगलले भारतीय फोन निर्माताहरु माइक्रोम्याक्स, कार्बन तथा स्पाइससँग मिलेर एन्ड्रोइड वानको निर्माण गरिरहेको छ । ती कम्पनीहरुले नेपाली बजारमासमेत आफ्ना सेट बेच्दै आएका छन् । तीनवटै कम्पनीले नेपालमा एन्ड्रोइड वान फोन बिक्रि गर्ने गुगलले जनाएको छ ।
योसँगै बंगालादेशी कम्पनी सिम्फोनीले ‘सिम्फोनी रोअर ए ५०’ सँगै आफ्नो पहिलो एन्ड्रोइड वान फोन लञ्च गर्ने गुगलको भनाइ छ ।
कस्तो छ एन्ड्रोइड वान ?
४.५ इन्चको स्त्रिmन भएको एन्ड्रोइड वानमा दुईवटा सीम प्रयोग गर्न सकिन्छ । एक जीवी र्याम, ५ मेगापिक्सेल क्षमताको क्यामेरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामेरा हुने छ । चार जीबी स्टोरेज क्षमता भएको एन्ड्रोइड वानमा ३२ जीवीसम्मको एसडी कार्ड प्रयोग गर्न सकिन्छ ।
हाल एन्ड्रोइड किटक्याटमा उपलब्ध यो फोनलाई भबिष्यमा एन्ड्रोइड ललिपप भर्सनमा पनि अपग्रेड गर्न सकिने छ ।
0 comments :
Post a Comment