robart feeding food
चीनमा एउटा यस्तो रेष्टुरेन्ट छ जहाँ मानव होइन यन्त्रमानवले वेटरको काम गर्छ । रेष्टुरेन्टमा आएका पाहुनाहरुलाई स्वागत गर्छ र खानाको अर्डर लिन्छ । अर्डर लिने मात्र होइन, अर्डर बमोजिमको खानेकुरा ग्राहकलाई टक्राउने जिम्मा पनि रोबोटकै हो ।
चीनको सिचुआन प्रान्तको चेंग्दुमा रहेको उक्त रेष्टुरेन्ट रोबोट वेटरका कारण चर्चित बनेको छ ।
रेष्टुरेन्टमा १० जना रोबोट कर्मचारी छन् ।
रोबोटले आखिर कसरी मान्छेले जस्तै पाहुनाको स्वागत, खानाको अर्डर लिने र अर्डर बमोजिमको खाना टक्राउने गर्ला भनेर अचम्म लाग्नु स्वभाविकै हो । यसरी यता उता गर्दा रोबोट कुर्सी टेबुलमा ठोक्किँदो हो वा ग्राहकसँग समेत ठोक्किने र लड्ने गर्दा हो भन्ने अनुमान होला तपाइँको । तर होइन । बरु मानिस ठोक्किएला तर यो रोबोट त्यसरी ठोक्किने वाला तथा बाटो बिराउनेवाला छैन ।
यसको मुख्य कारण भनेको यसमा अप्टिकल सेन्सरको प्रयोग गरिनु हो, जसले रोबोटलाई बाटो बताउँछ ।
यो रोबोटिक वेटर एक ब्याट्रीको माध्यमबाट चल्छ, जुन ब्याट्री चार्ज गर्नुपर्छ ।
मान्छे वेटर कर्मचारीलाई नियमित तलबभत्ता दिनुपर्ने तथा अन्यखाले खर्च तथा किचकिच सुन्नुपर्ने भएपनि रोबोटलाई काममा भर्ति गर्दा रेष्टुरन्टलाई हाइसन्चो भएको छ । यो रोबोटको कामबाट रेष्टुरेन्टका मालिक सन्तुष्ट छन् र यसले रेष्टुरेन्टलाई राम्रै फाइदा पुराउनेवाला छ ।
रेष्टुरेन्टमा आएका एक ग्राहक भन्छन्, ‘मैले अन्य कुनैपनि रेष्टुरेन्टमा रोबोटले खाना टक्राएको देखेको छैन । यो रोबोटिक वेटरसँग खेल्ने रुची छ ।’

0 comments :

Post a Comment

 
Top