Sunny-Leone
पुरुषहरु महिलाको वक्षस्थल मन पराउँछन् की नितम्ब ? सायद यो प्रश्नको ठ्याक्कै भन्न सकिने जवाफ छैन, किनकी महिलाका अंगहरुप्रतिको पुरुषको आकर्षण व्यक्तिपिच्छे फरक हुन सक्छ । महिलाका यौन सम्बद्ध अंगहरुप्रति पुरुषणको आकर्षण वा रोजाइको खोजी गर्ने क्रममा एउटा रोचक तथ्य फेला परेको छ ।
पोर्न साइट पोर्न हब तथा युपोर्नले एक संयुक्त अध्ययन गरेर विश्वका कुन देशका पुरुषले महिलाको कुन अंग मन बढि मन पराउँछन् ? भन्ने रोचक तथ्य सार्वज्निक गरेका छन् ।
दुबै पोर्नसाइटमा प्रयोगकर्ताले सर्च गर्ने पोनोग्राफी सामाग्रीहरुको विश्लेषण गरी यस्तो तथ्य तयार पारिएको हो ।
अध्ययन अनुसार पृथ्वीको उत्तरी गोलार्धका पुरुषहरुले महिलाको वक्षस्थललाई पहिलो रोजाइमा पार्छन् भने दक्षिणी गोलार्धका पुरुषहरु महिलाको वक्षस्थल भन्दा नितम्बप्रति बढि आकषिर्त हुन्छन् ।
तथ्यांक अनुसार अकाका सबैजसो देशमा महिलाको नितम्ब नै पहिलो रोजाइमा पर्ने गरेको छ, इजिप्ट बाहेक । त्यस्तै दक्षिण अमेरिकामा पनि अर्जेन्टिना बाहेक अरु सबै देशमा महिलाको नितम्ब पहिलो रोजाइमा पर्ने गरेको छ ।
hub
उत्तरी गोलार्धको कुरा गर्ने हो भने एसियाको बंगलादेश, भुटान, अफगानिस्तान, मध्यपूर्वका देशहरु, मंगोलिया तथा काजकिस्तान लगायतका देशहरु बाहेक लगभग सबैजसो देशमा महिलाको वक्षस्थल नै पहिलो रोजाइमा परेको छ । अध्ययनले नेपालमा समेत वक्षस्थल नै पहिलो रोजाइमा पर्ने देखाएको छ ।
विश्वमा सबैभन्दा धेरै अनुपातमा वक्षस्थलका पोर्न सामाग्रीहरु पोर्न साइटमा खोजी गर्ने देशको रुपमा सेन्ट हेलेना परेको छ । दोश्रो स्थानमा एसियाली देश माल्दिभ्स रहेको छ भने तेश्रो स्थानमा फिनल्याण्ड रहेको छ । नेदरल्याण्ड र बेल्जियम पनि उच्च अनुपातमा वक्षस्थलका सामाग्री खोजी हुने देशमा परेका छन् ।
त्यस्तै विश्वमा सबैभन्दा धेरै अनुपातमा नितम्बका बारेमा पोर्न साइटमा खोजी हुने देश तान्जानिया रहेको छ । दोश्रोमा घाना तथा तेश्रोमा जिबोटी रहेका छन् ।
अर्को रोचक तथ्य त के भने मध्यपूर्व एसिया तथा अपि|mकाका केही देशमा पुरुषहरु महिलाका खुट्टाप्रति पनि निकै आकषिर्त हुने गरेका र कामुक खुट्टाहरुको खोजी पोर्न साइटमा गरिरहने गरेको पाइएको छ । महिलाका कामुक खुट्टाको खोजी गर्नेमा पहिलो नम्बरमा सिरिया, दोश्रो नम्बरमा जोर्डन र तेश्रो नम्बरमा इरान परेका छन् ।
महिलाका तिघ्राको खोजी गर्नेमा भने युरोप अगाडि छ । पहिलो नम्बरमा पोल्याण्ड परेको छ । दोश्रोमा लिथुआनिया तथा तेश्रोमा चेक गणतन्त्र रहेको छ ।
अझ अर्को रोचक कुरा त के भने पुरुषहरु गर्भवती महिलाका निर्वस्त्र तस्वीर तथा सोही सम्बन्धि पोर्न सामाग्री हेर्न समेत लालायित हुने गरेका छन् । गर्भावस्थाका महिलाको पोर्न सामाग्री हेर्नेमा दक्षिण पूर्वी एसिया तथा ओसेनियाका मानिसहरु अग्र स्थानमा छन् । गर्भावती महिलाका पोर्न फिल्म हेर्नेमा सोलोमोन टापु पहिलो स्थानमा छ । मलेसिया आठौँ तथा चिन २६ औँ स्थानमा रहेको छ ।

0 comments :

Post a Comment

 
Top