mouse
मुसाको संख्या अत्यधिक बढेसँगै देशकै मुसे सहरको नामले परिचित हुन पुगेको अमेरिकाको शिकागोमा सरकारले मुसा बन्ध्याकरण योजना अघि सारेको छ । शिकागो ट्रान्जिट प्राधिकरणले आगामी वर्षदेखि सहरका भूमिगत मार्गमा रहेका मुसालाई लक्षित गर्दै बन्ध्याकरण कार्यक्रम अघि बढाउने योजना बनाएको छ ।
प्राधिकरणको नयाँ पाइलट प्रोग्राम अन्तरगत मुसा बन्ध्याकरणका लागि लेदो औषधिको प्रयोग गरिनेछ । उक्त अर्धतरल औषधिलाई मुसाको चारामा मिलाएर खान दिइनेछ । उक्त औषधि मिसिएको खाने कुरा खाएपछि मुसाको प्रजनन प्रणालीमा असर पुगेर मुसा बाँझो बन्नेछ ।
मुसा बन्ध्याकरणका लागि उक्त औषधि बनाउने काम गरेको छ एरिजोनामा रहेको मुसा नियन्त्रण कम्पनी सेनेस टेकले गरेको छ । मुसालाई बाँझो बनाइदिने यो औषधिको दुरुपयोग हुनसक्ने चिन्तातर्फ संकेत गर्दै कम्पनीले औषधि केवल मुसाकै लागि लक्षित गरेर बनाइएकाले यसले मानिस तथा अन्य जिवको प्रजनन क्षमतामा कुनै असर नपूराउने स्पष्ट पारेको छ ।
समाचार अनुसार अण्डा क्रिमको स्वादमा रहेको उक्त चारो औषधि खाएको दुइ हप्तामै मुसामा त्यसको असर देखिनेछ । औषधि खाएको ८ देखि १२ हप्ता सम्ममा मुसा पूरै बाँझो बन्नेछ ।
यो औषधिको गएको वर्ष नै परीक्षण गरिएको थियो । त्यसक्रममा परीक्षण क्षेत्रमा मुसाको संख्यामा ४३ प्रतिशतले कमी आएको थियो ।
स्मरण रहोस् मुसाले निकै दुख दिने शिकागोमा यसअघि पनि मुसा नियनत्रणका लागि विभिन्न उपायहरु अपनाउने गरिएको छ । मुसाको नियन्त्रणका लागि केही समयअघि त्यहाँ कार्यस्थलमा बिरालो नामको कार्यक्रम नै संचालन गरिएको थियो ।

0 comments :

Post a Comment

 
Top