आर्थिक अनियमितताको शंकामा सुनसरी जिल्ला जनस्वास्थ कार्यालय सुनसरीमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले जनस्वास्थको महत्वपूर्ण कागजात समेत नियन्त्रणमा लिएको छ ।
अख्तियारको पूर्वाञ्चल क्षेत्रीय कार्यालय इटहरीको टोलीले आर्थिक बर्ष २०७० ७१ र चालु आर्थिक बर्षको पाँच महिनाको अवधिमा जनस्वास्थ कार्यालयमा भएको अनियमितताको शंकामा छापा मारेर कागजात नियन्त्रणमा लिएको हो ।
जनस्वास्थबाट सञ्चालित कार्यक्रमहरु मातृ शिशु स्वास्थ, औषधि खरिदमा अनियमिमताको शंकामा डिएसपी गोविन्द अधिकारीको नेतृत्वमा गएको टोलीले छापा मारि कागजात नियन्त्रणमा लिएको अख्तियारका पूर्वाञ्चलका प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिनुभयो ।
अख्तियारले छापा मार्दा धेरै कार्मचारी समेत जनस्वास्थमा अनुपस्थित रहेको पाइएको जनाईएको छ । जनस्वास्थका प्रमुख डा महेश खनाल समेत अनुपस्थित रहनुभएको थियो ।

0 comments :

Post a Comment

 
Top