दानावारी इलामको महमाई ८ विष्णेटारमा कृषि अभियन्ता सहित १० जनालाई सम्मान गरिएको छ । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था, विष्णेटार मिश्रित कृषक समुह, फुलबारी मिश्रित कृषक समुह, चेपेखोला मिश्रित कृषक समुह र प्रगती मिश्रित कृषक समुहले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन । सम्मानित हुनेहरुमा महमाई क्षेत्रका कृषि अभियन्ताहरु सतासीधामका बम बहादुर निरौला , डेगनाथ गुरगाई तथा महमाईका ३ कृषि समुह र १ सहकारी समुहमा लामो समयसम्म नेतृत्व पंक्तिमा रहेका संस्थापकहरु जित बहादुर गिरी, रामप्रसाद भटटराई, गोपीकृष्ण थापा, गोविन्दराज चौहान धर्मनारायण दाहाल,कृषि सेवा केन्द्र प्रमुख अनिल तिम्सिना लगायत रहेका छन । सम्माति व्यक्तित्वहरुलाई फुलमाला, अविर, प्रमाणपत्र र ढाका टोपीले सम्मान गरिएको थियो । त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम खडकाको सभापतित्वमा संचालन भएको कार्यक्रममा कृषि सेवा केन्द्र प्रमुख अनिल तिम्सिनाको प्रमुख आतिथ्यता, बम बहादुर निरौला र डेगनाथ गुरगाइको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमलाई कमल योङहाङले स्वागत र जनकदेव श्रेष्ठले संचालन गरेका थिए.

0 comments :

Post a Comment

 
Top