हुवावेले भित्रायो चार मोडलमा अत्याधुनिक स्मार्टफोन

huawei-products-in-nepal-1
काठमाडौं । प्रख्यात स्मार्टफोन निर्माता हुवावेले ‘अनर होली’, एस्सेण्ड सिरिजका ‘मेट ७’ ‘अनर ६’ र ‘वाई ५२०’ मोबाइल नेपाली बजारमा बिक्री सुरु गरेको छ ।
एण्ड्रोइड ४.४.२ किटक्याट भर्सनमा रहेको अनर होलीमा १६ जिबी इन्टरनल मेमोरी, १ जिबी र्‍याम, २९४ पिपिआई पिक्सेल घनत्वको ५ इन्चको एचडी डिस्प्ले, ८ मेगापिक्सल स्वचालित क्यामेरा लगायतका  सुविधाहरु रहेका छन् । यसको नेपाली बजारमा १३ हजार ९ सय ९९ रुपैयाँ मूल्य कायम गरिएको छ ।
त्यसैगरि, एस्सेण्ड सिरिजको ‘अनर ६’मा तीव्र गतिको १.७ गीगाहर्ज क्षमताको प्रोसेसर रहेको छ । जसलाई अत्याधिक ३ जीबी र्‍याम र १६ जीबी रोमको शक्ति प्राप्त छ । साथै, यसमा ५ इञ्चको एचडी डिस्प्ले, अगाडी ५ मेगापिक्सेल क्यामेरा, पछाडी १३ मेगापिक्सेल क्यामेरा, किट्क्याट ४.४.२ अपरेटिङ सिष्टम लगायतका सुविधाहरु रहेका छन् । यसको मूल्य ३७ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
एस्सेण्ड सिरिजकै ‘एस्सेण्ड मेट ७’ मा पातलो धातुबाट बनेको ६ इञ्चको एफएचडी डिस्प्ले, १.८ गीगाहर्जको किरिन चिपसेट, २ जीबी र्‍याम र १६ जीबीको आन्तरिक मेमोरी रहेको छ ।
यसमा औंलाको एक स्पर्शले नै फोनलाई सजिलै अनलक गर्न सकिने प्रविधि जडान गरिएको छ । यस स्मार्टफोनको लागि अन्य बायोमेटि्रक सुरक्षा र अन्य कुनै बटनहरु दबाउन नपर्ने वा अनलकको आवश्यकता नै नपरी यसमा भएको सेन्सरले ग्राहकको औलाको छापलाई स्वीकारेर तत्कालै संचालनमा ल्याउन मद्दत गर्ने कम्पनीले जनाएको छ ।
मेट ७ मा पछाडी १३ मेगापिक्सेल र अगाडी ५ मेगापिक्सेल क्षमताको क्यामरा जडान गरिएको छ । यसमा खास तवरको स्न्यापसट विशेषता रहेको छ, जसबाट हामीले सही समयमा फोटो खिचेको निश्चिन्त गर्न सकिन्छ । मेट ७ सीमित सुविधाहरुका लागि ५९ हजार ९ सय ९९ रुपैयाँ र गोल्ड डिजाइनका ६९ हजार ९ सय ९९ रुपैयाँमा खरिद गर्न सकिन्छ ।
हृवावे एस्सेण्ड वाई ५२० मा १.२ गीगाहर्जको दोहोरो प्रोसेसर, ५१२ एमबी र्‍याम रहेको छ । यसको अगाडी ५ मेगापिक्सेल क्यामरा छ । यसमा १७३० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसको मूल्य नेपाली बजारमा १० हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

0 comments :

Post a Comment

 
Top