२३ इन्च लामो तथा १४ इन्च चौडाइको कार, त्यो पनि मान्छे चढेरै हिड्न मिल्ने । विश्वमा अहिलेसम्मकै सबैभन्दा सानो आकारको कार बनाएर चीनका एक व्यक्तिले किर्तिमान कायम गरेका छन् ।
चीनको सांघाइकी ६० वर्षीय जु झियुनले आफ्नै घरमा यो मिनी माइक्रो कार निर्माण गरेका हुन् ।
आकारमा निकै सानो, खेलौनाजस्तै देखिएपनि यो कार पूर्णरुपमा चालु हुन्छ । यसमा पेट्रोल इन्जिनका साथै ब्रेक, गियरबक्स, बत्ती, हर्न तथा साउण्ड सिस्टम समेत राखिएको छ ।
उनलाई यो कार बनाउन झण्डै दुइ वर्षको समय लागेको थियो । यो कार बनाउन उनले झण्डै २४ हजार रुपैयाँ बराबरको रकम खर्चेका थिए ।
व्यस्त ट्राफिकका बीच पनि जु ले आफ्नो यो किर्तिमानी घरेलु कार गुडाएर हिँड्छन् । साँच्चीकै यो कार चलाएर हिँड्दा कुनै खेलौना गुडाएजस्तो देखिन्छ । कारको सिट बडी भन्दा बाहिर राखिएको छ भने स्टेरिङ पनि बाहिरै छ । उनले यो गाडी चढेर सडकमा हिँड्दा धेरैले अचम्म मानेर हेर्छन् ।
mini car 2

0 comments :

Post a Comment

 
Top