पुरुषको कस्तो नाच महिलालाई मन पर्छ ?

विभिन्न खाले अध्ययन अनुसन्धानबाट मानव प्रजातिले आफ्नो विपरित लिंगीलाई आकषिर्त गर्नका लागि नाचको उपयोग गर्ने गरेको पाइएको छ । विपरित लिंगी पट्याउने यो नृत्य अस्त्र अन्य खाले उपाय भन्दा धेरै कामयावी समेत देखिने गरेको शोधकर्ताहरु बताउँछन् । तर पुरुषले महिलालाई आफुतर्फ आकर्षित गर्नका लागि भन्दै देखाउने नाचका सबै भाव भंगीहरु उत्तिकै सफल भने नहुँदा रहेछन् । बेलायती तथा जर्मन वैज्ञानिकहरुले पुरुषको कस्तो खाले नाचबाट महिलाहरु सबैभन्दा बढि आकषिर्त हुन्छन् भन्ने तथ्य हालै पत्ता लगाएका छन् ।
बेलायतको नर्थुम्ब्रीया विश्वविद्यालय र जर्मनीको गोटिंगेन विश्वविद्यालयका क्रमविकाश जिवविज्ञहरुले पुरुषले देखाउने नाचको कुन ‘मुभ’ प्रति महिलाहरु बढि आकषिर्त हुन्छन् र पुरुषको कस्तो खाले नाच महिलाहरुलाई मन पर्दैन भन्ने विषयमा अध्ययन गरेका छन् ।
आफ्नो अध्ययनका क्रममा वैज्ञानिकहरुले ३० जना पुरुषहरु हरेकलाई ३० सेकेण्ड नाच्न लगाए । मोसन क्याप्चर टेक्नोलोजीको प्रयोग गरि उनीहरुले कम्प्युटर मार्फत नाचका मुभहरु समेटिएको भिडियो तयार पारे । त्यसपछि उनीहरुले ती भिडियो ३७ जना महिलालाई देखाए र पुरुषहरुको नृत्यु सीपको मूल्यांकन गर्न अह्राए ।
अध्ययन अनुसार महिलाको रोजाइमा पर्नका लागि पुरुषहरुले नृत्यका बेला टाउको, घाँटी तथा कम्मर माथिको मध्यभागलाई बढि चलायमान बनाउन सक्नुपर्छ । त्यसका साथै खुट्टाको चालले पनि ठूलो अर्थ राख्छ । पुरुषहरुले नृत्यका बेला खासगरी दाहिने घुँडा खुम्चाएको तथा घुमाएको क्षण महिलाहरुको पहिलो रोजाइमा पर्छ । महिलाको पहिलो रोजाइमा पर्ने पुरुषको नाच यस्तो रहेछ भिडियो
पाखुराको चालका दृष्टिमा कमजोर हुनुहुन्छ भने पनि चिन्ता लिनु नपर्ने रहेछ । महिलाहरुलाई मन पर्ने पुरुषको नाच र पुरुषको पाखुराको चालका बीच कुनै सम्बन्ध नै रहेनछ । अर्थात नाचका बेला पुरुषले आफ्नो पाखुरा कसरी चलाउँछ वा कसो गराउँछ भन्ने कुरामा महिलाको खासै ध्यान नजाँदोरहेछ ।

0 comments :

Post a Comment

 
Top