light

१ सय २० किलोमिटर लामो तारमा १२ लाख वटा विजुली बत्ती बालेर विश्वकिर्तिमान कायम गरिएको छ । अस्ट्रेलियाको राजधानी क्यानवेरामा भएको क्रिसमस प्रकाश प्रदर्शनीले गिनिज बुकमा नाम लेखाउन सफल भएको छ । तिनवटा विशाल क्रिसमस उपहारको आकारमा केवललाई ढालेर बत्ती बालिएको थियो ।
क्यानबेराका वकिल डेभिड रिचार्डस् र उनको समूहले महिनौदेखिको तयारीलाई मूर्तरुप दिँदै पिटर प्लाजा मलमा किर्तिमानी बत्ती बालेका हुन् ।
यसअघि उज्वेकिस्तानमा एकैपटक १ लाख ८१ हजार ५ सय ४० वटा विजुली बत्ती बालेर राखेको किर्तिमान विश्वमा सबैभन्दा धेरै बत्ती बालिएको किर्तिमानको रुपमा थियो । तर क्यानबेराको बत्ती प्रज्वलनले त्यसलाई माथ दिएको छ ।
किर्तिमानी वकिल रिचार्ज बत्ती बाल्ने मामिलामा माहिर नै मानिन्छन् । उनले गएको वर्ष क्रिसमसको अवसरमा आफ्नो निवासलाई ५ लाख २ हजार १ सय ६५ वटा विजुलीको बल्वले झिलिमिली पारेर किर्तिमान राखेका थिए ।
उनले यस्तो किर्तिमानी विजुली बत्ती बाल्ने कामलाई केवल रहरको रुपमा मात्र सिमित पारेका छैनन् । यो उनको पुण्यकर्मको एक हिस्सा हो । यो किर्तिमानी कार्य हेर्न आउने दर्शकबाट उठेको रकम उनले अकाल बाल मृत्युबाट पीडित अभिभावकको सहयोगको लागि खर्च गर्नेछन् ।

0 comments :

Post a Comment

 
Top