त्रिभुवन विमानस्थलमा ओर्लिएर पत्रकारहरुका माझमा नेपाली टोलीका कप्तान राजु रिजालले विश्वकपका लागि खेलाडीलाईबाहिर लगेर अभ्यास गराउनु पर्ने बताएका छन् । उनले -नेपालमा खोजेको जस्तो अभ्यास गर्न सकिने अवस्था नभएका कारण ब्याट्सम्यान र बलरलाई अझ सशक्त पार्नका लागि विदेशमा गएर अभ्यास गर्नु पर्ने बताएका छन् ।'अहिलेको विजय सबैको सहयोगका कारण भएको बताउदै कप्तान रिजालले भने -नेपाली क्रिकेटलाई थप उचाइ दिनका लागि सरकार, खेलकुद परिषद् र क्रिकेट संघका पदाधिकारीको सहयोग चाहिने बताएका छन् ।
नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेट टोलीको कडामेहनत रहेकाले विश्वकपमा ढोका खुल्ला भएको बताउदै मेहनतलाई अझ कडा बनाउनु पर्ने बताएका छन । ‘उनले नेपाली क्रिकेट टोलीले ब्याटिङमा सुधार गर्नुपर्ने बताउदै विश्वकपको बाँकी अवधिमा अन्तर्राष्ट्रिय स्तरको अभ्यास गराउनु पर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार मध्याह्न आइपुगेको टोलीलाई नेपाल क्रिकेट संघका पदाधिकारी तथा कर्मचारी र सर्वसाधारणले ले स्वागत गरेका थिए ।बंगलादेशमा हुने विश्वकपसंगै यू –१९ विश्वकपमा नेपालको सहभागिता सातौंपटक हुने छ ।
from SHYANE http://ift.tt/1NYW2mz
via समाचार
0 comments :
Post a Comment