पेटमा मुट लिएर बाँचिरहेका यी नौजवान २०७० मंसिर १६ गते २१:४८ मा प्रकाशित तपाईले कहिल्यै सुन्नु भएको छ कि मानिसको पेटमा मुटु हुन्छ ? चीनमा एक नौजवान यतिखेर पेटमा मुटु लिएर बाँचिरहेका छन् । पेटमा मुटु लिएर बाँच्नु उनको रहर हैन, बाध्यता हो ।  Ho-Zhiliang  चीनका २४ वर्षीय हो झिलगाङका मुटु पेटको बाहिरी भागमा छ र बाहिरबाट छालालेमात्र ढाकिएको छ । उनलाई जन्मजात हुने मुटुको जोखिमसम्वन्धी विमारी छ । उनका अनुसार उनका बाबुआमालाई यतिका वर्षसम्म झिलगाङ बाँच्छन् भन्ने विश्वास नै थिएन । औसतमा यस्तो रोगबाट पीडित भएकाहरु ९० प्रतिशत बाँच्दैनन् ।  तर, झिलगाङ ती १० प्रतिशत भाग्यमानी मध्येका एक हुन् । झिलगाङले केही समयअघि पत्रिकामार्फत् थाहा पाए कि आफूजस्तै एक व्यक्ति चीनमै छन् । उनको सफल सर्जरी भएको थाहा पाएपछि उनी पनि मुटुलाई सही स्थानमा फर्काउन लालायित छन् । अब उनी पनि सर्जरी गर्न चाहन्छन्, त्यसका लागि उनले डाक्टरसँग सम्पर्क गरिसकेका छन् । डाक्टरले उनको अबस्थाबारे जानकारी लिंदै सहयोग गर्ने बचन दिइसकेका छन् । पेटमा मुट लिएर बाँचिरहेका यी नौजवान २०७० मंसिर १६ गते २१:४८ मा प्रकाशित तपाईले कहिल्यै सुन्नु भएको छ कि मानिसको पेटमा मुटु हुन्छ ? चीनमा एक नौजवान यतिखेर पेटमा मुटु लिएर बाँचिरहेका छन् । पेटमा मुटु लिएर बाँच्नु उनको रहर हैन, बाध्यता हो । Ho-Zhiliang चीनका २४ वर्षीय हो झिलगाङका मुटु पेटको बाहिरी भागमा छ र बाहिरबाट छालालेमात्र ढाकिएको छ । उनलाई जन्मजात हुने मुटुको जोखिमसम्वन्धी विमारी छ । उनका अनुसार उनका बाबुआमालाई यतिका वर्षसम्म झिलगाङ बाँच्छन् भन्ने विश्वास नै थिएन । औसतमा यस्तो रोगबाट पीडित भएकाहरु ९० प्रतिशत बाँच्दैनन् । तर, झिलगाङ ती १० प्रतिशत भाग्यमानी मध्येका एक हुन् । झिलगाङले केही समयअघि पत्रिकामार्फत् थाहा पाए कि आफूजस्तै एक व्यक्ति चीनमै छन् । उनको सफल सर्जरी भएको थाहा पाएपछि उनी पनि मुटुलाई सही स्थानमा फर्काउन लालायित छन् । अब उनी पनि सर्जरी गर्न चाहन्छन्, त्यसका लागि उनले डाक्टरसँग सम्पर्क गरिसकेका छन् । डाक्टरले उनको अबस्थाबारे जानकारी लिंदै सहयोग गर्ने बचन दिइसकेका छन् ।
Read more »
 
Top