दुई महिनाको फरकमा बुबाआमा बित्नुभयो । साथमा साना साना दुई भाइ छन् । कहिले बुबाआमा खोज्छन्, कहिले खानेकुरा । छाप्रोमा बास छ । न लगाउने लत्ताकपडा छ, न त खानेकुरा ।

ज्वालामुखी गाउँपालिका–५ धादिङकी राधिका बयलकोटीको परिवार समस्याको भूमरीमा चलिरहेको छ ।सीताराम बयलकोटीले ज्याला मजदुरी गरेरै भएपनि दुख सुखले परिवार चलेको थियो ।

तर एक्कासी बयलकोटी बिरामी पर्नुभयो । पेटको रोगी त्यसमा पनि टाइफाइटले थलिनु भएका उहाँलाई अस्पतालसम्म पु¥याउन सकिएन । परिवारको आशा बन्नुभएका सीताराम अस्पताल लैजाँदै गर्दा बाटोमै ढल्लेपछि कहिल्यै उठ्न सक्नुभएन । उहाँसँगै परिवारको खुसी पनि उठ्न सकेन । ३८ वर्षिय सीताराम बयलकोटीले २०७३ मंसिर २६ गतेबाट सदाका बिदा लिनुभयो ।

पूरै परिवार सीतारामको भरमा थियो । सीतारामको मृत्युपछि मियो ढलेको दाँइ जस्तै भयो उनको परिवार । सुखदुख सँगसँगै गरौंला, सँगै जिउला, सँगै मरौला भन्ने श्रीमान भगवानको प्यारो भएपछि श्रीमती दुर्गा चर्माकारको काँधमा जिम्मेवारी आइप¥यो । आफैं रोगी मान्छे त्यसमा पनि श्रीमानलाई गुमाएको पीडाले थलिनुभएकी दुर्गाको परिवार झण्डै दुई महिना अभावमै चल्यो । बुबाको मृत्युपछि बालबच्चाहरुको दुई मुठ्ठी सास आमाको भरमा धानिएको थियो । दुई छाक जोहो गर्न मुस्किलले चलेको परिवारमा उपचारमा लाग्ने खर्च निकै कठिनसँग जुटेको थियो ।

तर आन्द्राको क्यान्सरले थलिनुभएकी दुर्गाले रोगसँग लड्दा लड्दै आफ्नै लागि दुई मुठ्ठी सास बचाउन सक्नुभएन । अन्ततः काठमाडौमा रहेको मनमोहन मेमोरियल अस्पतालमा उपचार हुँदाहँुदै ३६ वर्षीया दुर्गाको पनि २०७३ माघ १९ गते ज्यान गयो ।झण्डै दुई महिनाको बिचमा आमाबुबा गुमाएपछिका दुख, पीडा त छदंैछन् छोराछोरीले पेटभरी खान समेत पाएका छैनन् ।

सीतारामका १७ वर्षीया छोरी पार्वती, १३ वर्षीय प्रकाश र २ वर्षीय इराक बयलकोटी ढुङ्गा खाउँ कि माटो भएका छन् । बुबाआमाको ज्यान गएपछि टुहुरा बनेका उनी ठूलोबुबा चुनबहादुरले बनाइदिनुभएको टहरामा बस्दै आएका छन् ।

ठूलोबुबा चुनबहादुरको परिवार र छिमेकीहरुको सहयोगमा मुस्किलले चुलोमा आगो बलेको छ । तर चुनबहादुरलाई आफ्नै घर खर्च चलाउन समस्या छ ।अरुको सहयोगमा आफ्नो र भाइको पटे भर्न नसकेपछि पार्वती २ वर्षको भाइलाई छाडेर काममा जान थालेकी छिन् । ‘सधै काम पाइदैन ।

कहिलेकाँही कमाएको १/२ सय रुपैयाँले सधैलाई पुग्दैन । भाइहरु जतिखेरै भोक लाग्यो मात्र भन्छन्, दिउँ केही छैन । एक छाक खाएर म त बाँचुला तर भाइहरुलाई कसरी बचाँउ ?’ पार्वतीले गहभरी आँसु पादै प्रश्न गर्नुभयो ।बुबाआमा गुमाएको पीडा समेत भुल्न नसकेकी पार्वतीले भनिन् ‘रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भयो । भाइलाई पढाउन त परैको कुरा बचाउँन पनि सक्दिन होला । कसैले सहयोग गरेदेखि बुबाआमा गुमाएको घाउमा मलम लाग्थ्यो कि ।’बुबाआमा गुमाएदेखि बिचल्लीमा परेका यी टुहरा बालबालिकाहरु अहिलेसम्म उस्तै अवस्थामा छन् ।

विहान उठेदेखिनै उनीहरुको दैनिकी समस्यै समस्यामा बितेको छ । पाइलै पिच्छे पहाड जस्तै उभिएका समस्याहरुबाट मुक्ति पाउन सकेका छैनन् ।आफूहरु टुहुरा भएको भन्दै धेरै मानिस आएर ओत लाग्ने छानो बनाइदिन्छु, पालनपोषण गरिदिन्छु भन्ने आएपनि अहिलेसम्म आफ्नो समस्या जस्ताको तस्तै रहेको पार्वतीले गुनासो गरिन् ।
ujyaaloonline बाट

The post रोगले बुबाआमा लग्यो, भोकले हामीलाई लाने भो ! भाइ बचाउन पार्वतीको याचना किर्पया यो पोस्ट जती जना ले देख्नु हुन्छ पढ्नु होला र सक्ने सहयोग गर्नु होला appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

चर्चित अभिनेत्री स्वेता खड्काले आफ्नो फेसबुक पेजमा पति श्री कृष्ण श्रेष्ठज्यु प्रति हार्दिक श्रदान्जली स्वरुप एउटा राम्रो नेपाली चलचित्र “कान्छी” को निर्माण गरेको जनाएकी छिन । साथै उहाँले उक्त चलचित्र युनिटलाइ धेरै धेरै धन्यवाद दिनुको साथै कहिले भुल्न नसक्ने बाचा समेत गरेकी छिन । जुन कुरा अभिनेत्री खड्काको फेसबुकबाट जस्ताको तस्तै तल प्रश्तुत गरिएको छ ।

Related image

“मेरा स्वर्गिय पती तथा नेपाली सिने जगतका चम्किला तारा श्री कृस्ण श्रेष्ठज्यु प्रती श्रदान्जली स्वरुप एउटा राम्रो सिनेमा पस्कने मेरो इक्ष्या अनुसार नेपाली चलचित्र ‘कान्छी’को निर्माण गरेकी छु । आगामी माघ २६ गते रिलिज हुने तरखरमा रहेको यो चलचित्र नेपालको बिकट तर अतिरमणिय स्थल मुस्ताङको सेरोफेरोमा पुगेर चलचित्रको सुटिङ्ग गर्नु कम चुनौतिपूर्ण थिएन ।

तर यो चुनौतीलाई सहजै स्विकार गरी मेरो हेरेक पाइलामा साथ दिने ‘कान्छी’का मुख्य कलाकार हरु क्रमश: निर शाह ज्यु , दयाहाङ्ग दाई, बसन्त बाबा, अनु शाह, भूमिका श्रेष्ठ, कामेश्वर चौरासिया, आशान्त शर्मा, प्रज्वल गिरी, जयन्द्र लामा लगाएत अन्य कलाकार मित्रहरुसंगको सहकार्य निक्कैनै अबिस्मरणिय रह्यो । सुटिङको अन्य क्षेत्रमा आआफ्नो जिम्मेवारिलाई इमान्दारिताका साथ निर्वाह गरी मलाई सहयोग गर्ने हेयर डिजाइनर, ड्रेस डिजाईनर, मेक अप म्यान, लाइट म्यानका साथै मेशको ब्यवस्थापन देखी सेटको ब्यवस्थापनमा खट्नुहुने सम्पूर्ण सहकर्मीको योगदानलाई म कसरी भुल्न सक्छु र ! चलचित्रलाई जीवन्त बनाउनका निमित्त सुन्दर द्रुश्यहरुलाई क्यामरामा कैद गरी ‘सजिवता’ प्रदान गर्ने पुरुशोत्तम प्रधानज्यु र निर्देशकिय भूमिकामा रहेर अहोरात्र खट्ने आदरणिय आकाश अधिकारी सर को बयान गर्ने शब्दनै छैन ।

मेरो हरेक पाइलामा अबिभावकिय भूमिका निर्वाह गर्ने आदरणिय बसन्त बाबाको निरन्तर मार्गनिर्देशनको म संधै ऋणी हुनेछु । त्यस्तै मेरो सोचलाई साकार बनाउन ‘मानसिक उर्जा’ प्रदान गर्ने मेरा भाई र बहिनीहरुको अटुट साथकोलागी म आभारी छु । अत: ‘कान्छी’लाई सुन्दर गीत संगितको मिठास भरेर थप सुन्दर बनाउन सहयोग गर्ने आदरणिय सम्भुजित बास्कोटा ज्यु, अर्जुन पोखरेल ज्यु, राजनराज सिवाकोटी ज्यु र अन्जु पन्त ज्यु लगाएत सम्पूर्ण साँगितिक टोली प्रती हार्दिक आभार गर्दछु । मलाई आफ्ना सुन्दर शब्दहरुको सम्प्रेशण गरी संधै हौसाला र उत्साह प्रदान गर्ने मिडियाकर्मी ज्युहरु प्रती हार्दिक नमन !

नेपाली लोकभाषालाई टपक्क टिपेर’ ‘चरी चट्ट परि भुरुरु खोली तिरैतिर’ बोलको निक्कै सुमधुर गीत दर्शक-श्रोताहरुलाई बिशेष कोसेली स्वरुप यसै कार्तिक महिना भित्र पस्कने जमर्को गर्दैछु । मेरा दर्शकमहानुभावहरु ले हिजोका दिनमा झै आज र भोलिका दिनमा पनि मेरो कान्छी निर्माणको सम्पूर्ण युनिटको अथक मेहनत र पसिनालाई सहर्श स्विकार गरी आगामी दिनहरुमा पनि त्यस्तै आँट, शाहस र हौसाला प्रदान गरिदिनु हुने आशा र विश्वाश लिएकी छु । तिहारमा बल्ने झिलिमिली बत्तीको चम्किलो प्रकाश जस्तै तपाईंहरुको जीवन पनि चम्किरहोस्, बारीको कान्लामा फुल्ने रंगीचंगी फुल जस्तै तपाईंहरुको जीवन आकार्सक र सुन्दर होस् भन्दै शुभदिपावली २०७४ को पावन अवसरमा यहाँहरु सम्पूर्णमा सुस्वास्थ्य र दिर्घायुका साथसाथै उतरोत्तर प्रगती र उन्नतीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।
तपाईंकी छोरी चेली

-श्वेता खड्का ‘ कान्छी’”

The post तिहारको बेला पती श्रीकृष्णलाई सम्झदै श्वेता खड्काले लेखिन यस्तो कुरा! appeared first on Taja nepali news.

http://ift.tt/2x7HhYJ

काठमाडौं । एउटा रमाइलो किस्सा, जुन कुनै लभस्टोरीमा आधारित चलचित्रको ‘सिक्वेन्स’जस्तै लाग्नसक्छ ।

भ्यालेन्टाइनको दिन थियो । कठ्याँगि्रदा दिनहरुलाई भर्खरै विदाइ गरेर राजधानीले वसन्त ऋतुको आगमनमा न्यानो तापिरहेको थियो ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को विवाह भइसकेको थिएन । ती दिनमा सीताराम नयाँबानेश्वरनजिकै थापागाउँमा फ्ल्याट लिएर बस्थे । भाइ, बहिनी उनकै साथमा थिए ।

‘मेरो परिवारसँग बसेर रमाइलो गरौं,’ सीतारामले अफर गरे ।

कुञ्जनाले उनको अफर सहर्ष स्वीकारिन् । योजना मुताबिक उनीहरु मासु किन्न बानेश्वरतिर हान्निए । एउटा गिफ्ट सपमा सीतारामको स्कुटर रोकियो, त्यहाँ आकर्षक ‘बेबी डल’ झुण्ड्याइयो थियो । बेबी डल भनेपछि कुञ्जनालाई औधी मनपर्ने । प्यारी लोभिएको देखेपछि सीतारामले त्यो खरिद गर्ने सोच बनाए ।

‘यसको कति ?’ सीतारामले सोधे ।

‘११ सय,’ पसलले भने ।

कुञ्जनाले देखिन्, मूल्य सुनेपछि सीतारामको अनुहारमा खिन्नता पोखिएको थियो ।

‘अलि मिलाइदिनु न,’ कुञ्जनाले आग्रह गरिन् ।

‘ल, नौ सय दिनु न त,’ पसलेले भने ।

तैपनि, सीतारामको अनुहार उज्यालो भएन । कुञ्जनाले बुझिन्, ब्वाइप|mेन्डको अवस्था । भाइबहिनीका साथ फ्ल्याट लिएर बसेको मान्छे । पारिवारिक जिम्मेवारी पनि होला ।

‘होस्, पर्दैन जाउँ,’ कुञ्जनाले सहजीकरण गरिदिइन् ।

दुवै अगाडि बढे । अर्को गिफ्ट पसल अघिल्तिर सीतारामलाई स्कुटरमै छाडेर कुञ्जना भित्र पसिन् । सीतारामका लागि उनी गिफ्ट दिन चाहन्थिन् । तर के दिने ? उनले एउटा सरस्वतीको प्रतिमा देखिन्, त्यही खरिद गरिन् । ‘स्क्रप्ट लेख्नेका लागि यही नै उपयुक्त हुन्छ’ भन्ने उनलाई लाग्यो ।

कुञ्जना गिफ्ट प्याक गरेर बाहिर निस्किइन् । झन्डै एक घण्टादेखि बाहिर सीताराम कुरिरहेका थिए ।

‘ल, अलि अगाडि जाऊँ न,’ कुञ्जनाले यति भनेर स्कुटर पछाडि बस्ने सुरसार गर्दागर्दै सीताराम अघि बढिहाले । कुञ्जना चढ्न नपाएको उनले भेउ नै पाएनन् ।

त्यसै त चर्को रिस । अब कुञ्जनालाई के चाहियो ?

भ्यालेन्टाइनको दिन, हातमा गिफ्टको झोला छ । मार्क्स लगाए पनि मान्छेले ‘सुन्तली’ भनेर चिनिहाल्ने । लाज र रिस मिसिएपछि उनलाई खपिनसक्नु भो ।

कुञ्जना मुर्मुरिदै फ्ल्याटतर्फ हिँड्न थालिन् । कतिबेला हो, सीतारामले थाहा पाएछन् । उनी फर्किएर पूर्ववत् स्थानमा आए । हर्न बजाएर कुञ्जनालाई बोलाए ।

‘आऊ, बस न प्लिज,’ सीतारामले बिनम्रतासाथ भने ।

‘अहँ म बस्दिनँ,’ कुञ्जना ठुस्किएर हिँड्न थालिन् ।

कुञ्जना अघिअघि, सीताराम स्कुटरमा पछिपछि । घुक्र्याउने र फकाउने सिलसिला नटुट्दै उनीहरु फ्ल्याटमा पुगे ।

मनभित्र रिस उम्लिरहे पनि कुञ्जनाले आफूलाई थुमथुम्याइन् । भाइ, बहिनीका अगाडि रिस देखाएर भएन । खुशी नभए पनि खुशी भएको एक्टिङ गर्नैपर्‍यो । एक्टिङ गर्दागर्दै, उनी सेलाइन् ।

सीताराम मासु किन्न पुनः बानेश्वरतर्फ गए । आउँदा उनको हातमा मासुसँगै, अघिकै बेबी डल थियो ।

यो किस्साको क्लाइमेक्समा पुगेपछि कुञ्जना अलि भावुक भइन् । उनको आँखाको चेपमा आँसु रसाइरहेको थियो । आफूलाई सम्हालिन् ।

‘अहिले त्यही बेबी डल छोरीले खेलाइरहेकी छन्,’ उनले भनिन् ।

बर्थ डेमा क्रिसमस गिफ्ट !

सीतारामको एउटा बानी छ, कहिलेकाहीं पत्नीलाई ‘सरप्राइज’ दिने । एक पटक कुञ्जनाको जन्मदिनमा उनले त्यसै गरे ।

कुञ्जना घरमै थिइन् । छायांकन सिध्याएर राति घर फर्किंदा सीतारामको हातमा गिफ्ट थियो । पत्नीलाई ‘सरप्राइज’ दिन पाएकामा उनी गमक्क थिए ।

केक काटियो । अब पालो, गिफ्ट खोल्ने । र्‍यापिङ पेपरले जतनसाथ सजाइएको गिफ्ट खोलियो । जसै गिफ्ट देखिन्, कुञ्जनालाई रुँनु न हाँस्नु भयो । किनभने त्यो गिफ्टमा लेखिएको थियो, ‘ह्याप्पी क्रिसमस डे ।’

‘उहाँलाई केही किन्नै नआउने । सपिङ गर्नु भनेको त हिरासतमा जानु जत्तिकै गाह्रो मान्नु हुन्छ,’ कुञ्जनाले भनिन् ।

मसाजको फसाद

जन्मदिन सामान्य हिसाबले सेलिब्रेट गर्ने सोचेका थिए । दरबारमार्गस्थित होटेल उडल्यान्डको निम्तो आयो, ‘तपाईंहरुलाई एक दिन, एक रातको खानेबस्ने सबै बन्दोबस्ती हामीले गरिदिएका छौं ।’

उनीहरु सानी छोरी च्यापेर दरबारमार्ग पुगे । त्यहाँ डिनर, लन्चका अतिरिक्त स्विमिङ, स्पा सबै सुविधा उपलब्ध थिए । अर्थात्, मनोरञ्जनको फुल प्याकेज ।

बुढाबुढी चुपचाप बर्थ डे सेलिब्रेट गरिरहेका थिए, चिनेजानेका, हितैषीले थाहा पाइहाले । कोही बुके बोकेर ‘जन्मदिनको बधाइ’ भन्न आइपुगे, कोही गिफ्ट लिएर । सानोतिनो जमघट भयो । खाए, पिए । पालो भयो, स्विमिङको ।

कुञ्जनाले आफू, छोरी र पतिका लागि कस्ट्युम खरिद गरेकी थिइन् । पौडिने बेलासम्म सीताराम फोनमै व्यस्त । सीतारामका लागि भनेर जोहो गरिएको कस्ट्युम त अर्की सहकर्मीले लगाएर पानीमा डुबुल्की मारे ।

अब पालो स्पाको । साँझको समय, कुञ्जना-सीताराम स्पा रुममा प्रवेश गरिसकेका थिए । फुलबडी मसाजका लागि दुवै तयार भए । दम्पत्तिका लागि एकै ठाउँ भए फरक नपर्ने । तर फसाद पर्‍यो, मसाज गरिदिन त्यहाँ युवतीहरु तैनाथ थिए ।

कुञ्जनालाई समस्या भएन । सीतारामलाई पो ‘नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार’झैं भयो । युवतीले सीतारामलाई मसाज गरिरहँदा कुञ्जनालाई चैन हुने कुरै भएन । उनलाई मसाजले ‘रिल्याक्ससेसन’ होइन, ‘टेन्सन’ पो दिएछ ।

‘मलाई सहनै गाह्रो भयो,’ कुञ्जना बेस्सरी हाँसिन्, ‘धत्, बित्थामा स्पा लिइएछ भन्ने भयो । के गरौं, कसो गरौं भयो । तर गर्ने के !’

अचेल बुढाबुढीको ठाकठुक पर्‍यो भने सीताराम घुर्कीको भाषामा ठट्टा गर्छन् रे, ‘फेरि मसाज गर्न जान्छु नि ।’

धुर्मुसको चर्तिकला

एकपटक सीतारामले उल्कै गरे ।

भयो के भने एक बिहान बाँकी रहेको खाना कुञ्जनाले हटकेसमा राखेकी थिइन् । प्रायः सीतारामलाई खाजामा थोरै भात भए पुग्ने । अरु खासै नखाने । कहिलेकाहीं बाँकी रहेको खाना उनकै लागि भनेर राखिदिने गरेकी थिइन् ।

मध्यान्ह कतिबेला हो सीताराम भान्सामा पसेछन् । भात तताएछन् । भात मात्र तताएको भए हुन्थ्यो, हटकेस नै चुलोमाथि राखेछन् । भात तात्नुअघि हटकेस तात्यो । पग्लियो ।

सीतारामले त्यो भात खाए कि खाएनन् ? कुञ्जनालाई थाहा भएन । तर, राति घर फर्केपछि कसोकसो डस्टबिनमा केही देखिन् । प्लास्टिकमा र्‍याप गरेर केही चिज मिल्काइएको थियो ।

कुञ्जनाले बाहिर निकालिन्, त्यो पग्लिएर कामनलाग्ने भइसकेको हटकेस थियो । बिहान सग्लो राखेको हटकेस राति त्यो हालतमा देख्दा उनको पारो तात्यो ।

सीतारामका यस्तै हर्कतले बेलाखबत कुञ्जानाको रक्तचाप बढाइरहन्छन् । कहिले भान्सामा खानेकुरा छरपस्ट पारिदिन्छन् । कहिले ओछ्यानमा भुतभुते खेलेजस्तै लथालिंग बनाइदिन्छन् । कहिले जुत्ता खोलेर एकातिर, मोजा अर्कोतिर मिल्काइदिन्छन् ।

सीतारामको बानीले कुञ्जना हैरान हुन्छिन् । किनभने, कुञ्जनाको बानी ठ्याक्कै उल्टो छ । उनलाई हरेक सामान चिरिच्याँट्ट हुनुपर्छ । जुन सामान जहाँ राखिएको हो, त्यही हुनुपर्छ । जसरी राखिएको हो, त्यसरी नै राखिएको हुनुपर्छ । उनी सानैदेखि यस्तै थिइन् । त्यही कारण घरमा उनलाई ‘अलि कडा छे’ भन्थे, बाआमा ।

छोरी कडा नै हुन् । त्यही भएर अचेल सीताराम थर्कमान छन् । उनी सकेसम्म घरको सामान यताउता गर्दैनन् । कहिलेकाहीं कुञ्जनालाई रिस उठाउनु पर्‍यो भने गल्र्याम्म ओछ्यानमा पल्टिएर चलमलाउँछन् ।

बिहान कुञ्जनासँगै सीताराम पनि भान्सामा पुग्छन् । खाना पकाउन सघाउँछन् । तर, उनले जति सघाउँछन्, त्यसभन्दा बढी बिगार्छन् । भाँडावर्तन छरपस्ट पार्छन् । उति नै जुठो बनाउँछन् । एकातिर एउटा सामान राखेर अर्कोतिर खोजिरहेका हुन्छन् ।

यही कारण कुञ्जनाले उनलाई सीमित भूमिका दिएकी छन् । अर्थात्, डाइनिङ टेबलमा बस्ने, तरकारी केलाउने र गफ सुनाउने ।

लभ विथ बेड टी

‘ल तात्तातो चिया खाउँ’

सीतारामको हातमा दूध चिया हुन्छ, आफैंले तयार गरेको । घरमा भएका बेला सीतारामलाई चिया बनाउन जाँगर चल्छ । आफ्ना लागि ब्ल्याक टी, कुञ्जनालाई मिल्क टी ।

पतिले प्रेमपूर्वक ओछ्यानमै टक्रयाएको चिया सुरुप्प पारेर कुञ्जनाको ‘शुभ बिहानी’ सुरु हुन्छ ।

कुञ्जनाले कहिल्यै भनिनन्, ‘मेरो निम्ति चिया बनाउनु ।’ सीताराम आफैंले यो सिलसिला सुरु गरेका हुन् । बिहे गरेकै दिनदेखि । सीतारामको स्वभाव अरुलाई खुशी देख्न चाहने । यो स्वभाव उनको पिताजीबाट जस्ताको तस्तै सरेको रे ।

परिवारका सदस्यको अनुहारमा खुशी देख्न पाए उनलाई पुग्छ । बिहान चिया बनाएर ओछ्यानमै टक्र्याउन पनि उनको यही मनोविज्ञानले काम गरेको हो । सीताराम यस्तै, यस्तै गरेर कुञ्जनलाई अप्रत्यासित खुशी दिन चाहन्छन् ।

जति टाढा, उति गाढा

करिअरको पूर्वार्द्धमा उनीहरु कलाकार जोडी भए । सुटिङमा एकसाथ, स्त्रिmनमा एकसाथ । यही निकटताले प्रेमी-प्रेमिका भए । मञ्चमा एकसाथ, टीभीमा साथसाथ । त्यसपछि बिहे गरे । घरमा एकसाथ, फिल्डमा एकसाथ । उनीहरु कहिल्यै छुट्टएिनन् ।

जब कुञ्जना गर्भवती भइन्, उनले कामबाट विश्राम लिनुपर्ने भयो । त्यसबेला सीताराम विदेशको कन्र्सटमा जानुपर्ने भयो । पहिलो पटक उनीहरु अलग भए ।

एक्लिएर जानुपर्दा सीतारामका पाइला गह्रौं भए । सीतारामबिनाको घरमा एक्लै बस्नुपर्दा कुञ्जनालाई पनि भक्कानो छुट्यो । छुट्टनिुअघि दुवैले एकअर्कालाई जोडले अँगालो हाले र बेस्सरी रोए ।

राति कुञ्जनालाई निन्द्रा लागेन । उता जहाजमा सीतारामलाई पनि त त्यस्तै भएको हुँदो हो । त्यसै त, हवाइजहाज चढ्न भनेपछि सीतारामलाई डर लाग्ने, कुञ्जनासँगै चढ्न पाउँदा मात्र अलि ढुक्क मान्ने । प्यारीबाट एक्लिएर आकाशमाथि सयर गरिरहँदा उनी चैनले निदाउन सकेनन् ।

रुन त उनीहरु थुप्रै पटक रोए । कहिले अभाव, समस्याले रोए, कहिले अलग हुनुपर्दा ।

एकपटक कुञ्जनालाई यसै चित्त दुख्यो । बेस्सरी रोइन् । भर्खरै विवाह गरेर पराई घर भित्रिएकी उनी । सोचेजस्तो सबै कुरा ठीकठाक भएन । उनको अपेक्षा बढी भयो सायद ।

कुञ्जना बेड रुममा गएर एक्लै बसिन्, बैठक कोठामा सीताराम । यसअघि उनीहरु यसरी अलग भएकै थिएनन् । दुवै निदाउन सकेनन् । औडाहा थियो । सधैं हँसीमजाक हुने कोठामा सन्नाटा थियो । चिसो र सुनसान रातमा उनीहरुको मन बेचैन थियो ।

ठीक त्यहीबेला घरबेटीको परिवारमा महाभारत मच्चियो । छोरा, बुहारी, सासु आपसमा झगडा गर्न थाले । उनीहरुको चर्काचर्कीले सीताराम र कुञ्जनाको मौनता खलबलियो । आ-आफ्नो ढोका खोलेर माथितिर चियाउन थाले । दुवैको आँखा जुध्यो ।

फेरि कुञ्जना बेडरुममै फर्किइन् । सीताराम आए, कुञ्जनालाई बोकेर बैठक कोठामा पुर्‍याए । सोफामा राखे र एकदमै मायालु भावमा यति भने, ‘सरी ।’

कुञ्जनाको मन पग्लियो ।

कुञ्जना र सीताराम दुवैको मन औधी कमलो । सानो कुराले बिझाइहाल्ने, सानो कुराले रुवाइहाल्ने ।

एकीकृत बस्ती बनाउन तात्तिएका बेला पैसा सकियो । यो उनीहरुको पहिलो प्रोजेक्ट थियो । कसैले पत्याएका थिएनन् । त्यसैले पैसा जुट्ने र जुटाउने काम पहाड फोर्नुसरह थियो ।

झमझम पानी परिरहेको बेला उनीहरु पालमुनि थिए ।

‘घर बेचौं र यहाँ नपुगेको खर्च जुटाऔं,’ कुञ्जनाले मसिनो स्वरमा भनिन् ।

कलाकारिता गरेर दुःखले उनीहरुले घर जोडेका थिए, काठमाडौंमा । त्यही घरमा उनीहरुले थुप्रै चिसा रात कटाएका थिए । त्यसरी जोडेको घर बेच्न समेत पत्नीले कञ्जुस्याइर्ं नगरेपछि सीतारामले मन थाम्नै सकेनन् । कुञ्जनालाई अँगालो हाले । त्यतिबेला दुवैको आँखा रसाएका थिए ।

पत्नीले पतिलाई घर जोड्न करबल गर्छन् । तर, एउटी पत्नी स्वयं पतिको सपना पूरा गर्न, प्रतिष्ठा बचाउन आफ्नै घर बेच्न अग्रसर हुन्छिन् भने त्यसले कुन श्रीमान्को मन नपग्लिएला र !

‘हामीमा यसरी एकअर्कालाई बुझ्ने मन छ,’ कुञ्जनाले भनिन्, ‘त्यही भएर हामी सधैं खुशी र सुखी छौं ।’

कुञ्जना र सीतारामको कतिपय आनीबानी मिल्दैन । बिचार र सोचमा पनि एकरुपता हुँदैन । तर, त्यसमा कसैले पनि ‘मेरो गोरुको बाह्रै टक्का’ गर्दैैनन् । किनभने, हरेकको आ-आफ्नै स्वभाव हुन्छ । आनीबानी हुन्छ । आफू जस्तो छौं, पार्टनर पनि त्यस्तै हुनुपर्छ भन्ने छैन । आफूले जे सोच्छौं, पार्टनरले त्यही सोच्नुपर्छ भन्ने छैन । यस्तै समझदारीले त हो, धुर्मुस-सुन्तलीको मन जोडिएको ।.onlinekhabar

The post कुञ्जनालाई बेडमै चिया पुर्‍याउँछन् सीताराम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

Your Choice

रोचक जानकारी

यौन/स्वास्थ्य

TWITTER

Earth Quake Update