इन्टरनेट जाएन्ट गुगलका वैज्ञानिकहरुले यस्तो सफ्टवेयरको निर्माण गरेका छन् जसले कुनैपनि तस्वीरमा रहेका विषयवस्तुहरुको मानिसले लेखेजस्तै गरी वर्णन गर्नसक्छ ।
यो नयाँ कृत्रिम खुफिया सफ्टवेयरले गुगलमा तस्वीरको खोजीलाई समेत सहज बनाउनुका साथै दृष्टिवीहिन मानिसहरुलाई समेत कुनैपनि तस्वीर तथा चित्रलाई राम्रोसँग बुझ्न सहयोग गर्ने गुगलले जनाएको छ ।
यसैबीच अमेरिकाको स्टान्फोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले पनि यस क्षेत्रमा अहम सफलता प्राप्त भएको बताएका छन् ।
गुगलले विकाश गरेको मेसिन-लर्निङ सफ्टवेयरमा दुइ प्रकारका ‘न्युरल नेटवर्क’को प्रयोग गरिएको हुन्छ । जसमध्ये एउटाले तस्वीरको पहिचान तथा अर्कोले प्राकृतिक भाषा प्रशोधनको काम गर्नेछ ।
गुगलले विकाश गरेको मेसिन-लर्निङ सफ्टवेयरमा दुइ प्रकारका ‘न्युरल नेटवर्क’को प्रयोग गरिएको हुन्छ । जसमध्ये एउटाले तस्वीरको पहिचान तथा अर्कोले प्राकृतिक भाषा प्रशोधनको काम गर्नेछ ।
न्युरल नेटवर्किङ एक प्रकारको कम्प्युटरकृत मोडेल हो जसमा मस्तिष्कमै जस्तो स्नायुजन्य संरचनाको छाया स्वरुप हुन्छ । यो प्रणालीमा श्रृंखलाबद्ध परस्पर जोडिएका न्युरोन संरचना हुन्छन् जसले विभिन्न तस्वीरजन्य श्रोतबाट सूचना ग्रहण गर्ने मात्र होइन त्यस्ता सूचनालाई मनन समेत गर्न सक्छन् ।
यो अद्धितीय सफ्टवेयरको विकाश गर्ने गुगलका ४ जना वैज्ञानिक ओरिओल भिन्याल्स, अलेक्जेन्डर तोशेभ, सामी बेंगिओ र दुमित्रु इर्हानले गुगलको रिसर्च ब्लगमा लेखेका छन्, ‘एउटा तस्वीरको मूल्य हजारौँ शव्दजत्तिकै हुन्छ । तर कहिलेकाहीँ शव्दहरु बढि महत्वपूर्ण हुन्छन् । त्यसैले हामीले तस्वीरलाई स्वचालित तथा बढि शुद्धतापूर्वक शव्दमा रुपान्तरण गर्ने मार्ग पत्ता लगाएका छौँ ।’
0 comments :
Post a Comment